Tuesday , 18 June 2019
News update
Home >> Features >> ‘रणवीर’ को ट्रेलरमा सुशिल र प्रशान्त बिचको लडाई (भिडियो)

‘रणवीर’ को ट्रेलरमा सुशिल र प्रशान्त बिचको लडाई (भिडियो)

एक्सन प्याक्ड चलचित्र ‘रणवीर’ को ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलर एक्सनले भरिपूर्ण रहेको छ ।सार्वजनिक ट्रेलरमा अभिनेता सुशिल सिटौला र प्रशान्त ताम्राकार बिचको लडाईलाई देखाईएको छ । ट्रेलरमा सबै मुख्य कलाकारहरुले राम्रो स्पेस पाएका छन् । ट्रेलरमा एक्सन सँगै प्रेम र बदलाको भावनालाई पनि देखाईएको छ । ट्रेलरले एक्सन मन पराउने दर्शकहरुलाई चलचित्र प्रती उत्सुकता बढाउने पक्का रहेको छ ।

माघ १८ गते प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रलाई गोबिन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् । चलचित्रमा निर्देशक भण्डारीकै कथा रहेको छ । एक्सन रोमान्स चलचित्र ‘रणवीर’ लाई गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

चलचित्रमा सुशिल र प्रशान्तको अलावा सुबेच्छा खड्का, सुपुष्पा भट्ट, हरिहर शर्मा, टिका पहारी, रवि गिरी लगायतको अभिनय रहेको छ । चन्द्र पन्तको द्वन्द निर्देशन रहेको चलचित्रमा कृष्ण भण्डारीको सम्पादन रहेको छ । चलचित्रमा राजनराज सिवाकोटी, हर्कुलस बस्नेत, अमित श्रेष्ठ र सुशान्त गौतमको संगीत रहेको छ भने रिकेश गुरुङ र राजन इशानको संगीत संयोजन रहेको छ ।

 

चलचित्रमा गम्भिर बिष्ट र सुरेन्द्र बस्नेतको कोरियोग्राफी रहेको छ । चलचित्रको ‘तिरिमिरी तिरिमिरी तीनतारा’ बोलको गीतले अहिले निकै चर्चा बटुलिरहेको छ । यो एउटै गीत तयार पार्न २५ लाख खर्च गरिएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*