Saturday , 19 January 2019
News update
Home >> Features >> भाईरल समिक्षाको मन छुने गीत ‘बनमा काफल (बाबा)’ सार्वजनिक (भिडियो)

भाईरल समिक्षाको मन छुने गीत ‘बनमा काफल (बाबा)’ सार्वजनिक (भिडियो)

चलचित्र ‘नाई नभन्नु ल ५’ को ‘बालपनको उमेर’ बोलको गीतका कारण युट्युबमा भाईरल भएकी बाल गायिका समिक्षा अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । पछील्लो समयमा युट्युबमा भाईरल भईरहेकी समिक्षाको आवाजमा सजिएको ‘बनमा काफल (बाबा)’ बोलको निकै मार्मिक गीत सार्वजनिक भएको हो । गीतमा बाध्यताले बिदेशिएको परिवारको रोदनको कथा रहेको छ । परिवारबाट टाढिएर बैदेशिक रोजगारमा गएका नेपालीहरुले भोग्नु परेको व्यथा गीतमा झल्किन्छ ।गीतमा बुवा छोरी बिचको प्रेमलाई देखाईएको छ ।

 

निकै मार्मिक उक्त गीतमा दिनेश थपलियाको शब्द रहेको छ भने चर्चित संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् । बाल गायिका समिक्षालाई सापकोटाले नै संगीतिक क्षेत्रमा ल्याएका हुन् । गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा गायिका समिक्षा अधिकारी, संगीतकार बसन्त सापकोटा, देशभक्त खनाल लगायतको अभिनय रहेको छ । सरोज ओलीले निर्देशन गरेको गीतलाई अर्जुन पोख्रेलले सम्पादन गरेका हुन् । गीतको छायाँकन पोखरामा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*