Saturday , 19 January 2019
News update
Home >> Features >> संचारकर्मी अधिकारीको ‘आँशुको अर्थ’ बाट शिव परियार सर्वोत्कृष्ट आधुनिक गायकको मनोनयनमा

संचारकर्मी अधिकारीको ‘आँशुको अर्थ’ बाट शिव परियार सर्वोत्कृष्ट आधुनिक गायकको मनोनयनमा

संचारकर्मी रवि अधिकारीको शब्दमा रहेको ‘आँशुको अर्थ’ बोलको गीतबाट गायक शिव परियार ‘नेशनल म्युजिक अवार्ड २०७५’ मा बर्षको सर्वोत्कृष्ट आधुनिक गायकको मनोनयनमा परेका छन् । रेडियो कान्तिपुरले हरेक बर्ष आयोजना गर्दै आईरहेको उक्त अवार्डमा यस बर्ष ‘आँशुको अर्थ’ बाट गायक परियार उक्त बिधा तर्फको मनोनयनमा परेका हुन् ।

उक्त बिधामा गायक परियार सँगै सनुप पौडेल, राजेश पायल राई, जगदिश समाल र विश्व नेपाली पनि रहेका छन् । अवार्ड बिजेताको घोषणा माघ ४ गते हुनेछ । संचारकर्मी अधिकारीको शब्द रहेको उक्त गीतलाई दर्शक श्रोताहरुले निकै रुचाईरहेका छन् । गीतको शब्द, संगीत र गायन सबैले दर्शकहरुको मन छोएको छ । प्रेममा धोका हुँदाको पिडा समेटिएको गीतमा टंक बुढाथोकीको संगीत रहेको छ । रिदम कँडेलले गीतमा संगीत संयोजन गरेका छन् ।

गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहेको छ । आकाश र स्वस्तिमाको अभिनयलाई दर्शकहरुले निकै रुचाएका छन् । गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने धमला बिकासले सम्पादन गरेका हुन् । गीतको भिडियो बुद्दा थापाले खिचेका हुन् । गीत भिडियो करोड क्लबको नजिक रहेको छ भने अडियो पनि ४६ लाख भन्दा बढी भ्यु पाउन सफल भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*