Saturday , 19 January 2019
News update
Home >> Features >> बन्ने भयो ‘परदेशी २’

बन्ने भयो ‘परदेशी २’

२०७२ को सुपरहिट चलचित्र ‘परदेशी’ को सिक्वेल बन्ने भएको छ । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी’ ले निकै राम्रो प्रतिकृया प्राप्त गरेको थियो । फल स्वरुप चलचित्र बक्सअफिसमा सफल सावित भयो । चलचित्रले बक्सअफिसमा ७ करोडको ब्यापार गर्न सफल भएको थियो । सोही सुपरहिट चलचित्रको पार्ट टु बन्ने पक्का भएको हो । चलचित्रका निर्देशक रायमाझीका अनुसार अहिले चलचित्रको स्क्रिप्टको काम भईरहेको छ ।

फाल्गुनबाट फ्लोरमा जाने भनिएको चलचित्रको कलाकारहरु भने अहिले फाइनल भएका छैनन् । निर्देशक रायमाझीले छिट्टै कास्टिङ लाईनअप फाइनल हुने बताएका छन् । चलचित्रमा ‘परदेशी’ कै नायक तथा इन्डियन आईडल बिजेता प्रशान्त तामाङ नै दोहोरिने सम्भावना रहेको छ । निर्देशक रायमाझीले पनि प्रशान्त सँग कुरा गरिरहेको स्रोतको दाबी रहेको छ ।

रायमाझीले यस अघी आफ्नो दुई चलचित्रमा प्रशान्तलाई नै नायकको रुपमा लिएर काम गरेका थिए । उनले ‘गोर्खा पल्टन’ र ‘परदेशी’ मा प्रशान्तलाई नै लिएका थिए । ती दुबै चलचित्र सुपरहिट भएको थियो । यसर्थ अब बन्ने ‘परदेशी’ को सिक्वेलमा पनि प्रशान्तकै मुख्य अभिनय रहने सम्भावना बढी रहेको छ । चलचित्र अर्को बर्षको दसैंमा प्रदर्शन गराउने निर्माण टिमको योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*