Sunday , 26 May 2019
News update
Home >> Article >> ‘क्याप्टेन’ प्रचारप्रसार गर्न अनमोल र भुवन चितवनमा (फोटोफिचर)

‘क्याप्टेन’ प्रचारप्रसार गर्न अनमोल र भुवन चितवनमा (फोटोफिचर)

 

फाल्गुन १७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘क्याप्टेन’ प्रचारप्रसारको लागी चितवन आएको छ । अभिनेता तथा निर्माता भुवन केसीले चलचित्रले राष्ट्रिय फुटबल टिमको कथा बोकेकोले ‘क्याप्टेन’ राष्ट्रले गौरव गर्न लागेको चलचित्र रहेको वताए ।

चलचित्रको प्रचार प्रसारको लागि चितवन आईपुगेका केसीले आज ईन्द्रदेव सिनेमा हलमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रले राष्ट्रिय भाव झल्काउने बताएका हुन् । यस्तै केसीले चलचित्र अन्य कुनै निर्माता अथवा ब्यानरले निर्माण गरेको भए लगानी ८ करोड हाराहारीमा पुग्ने उनले बताए ।

‘अन्य ब्यानर अथवा कुनै अरु निर्माताले निर्माण गरेको भए लगानी ८ करोड पुग्ने थियो तर हामीले २ करोड हाराहारी सम्पन्न गर्यौ । ३५ बर्षे करियरमा धेरै सँग राम्रो सम्बन्ध भएकोले सबैले सहयोग गर्नु भयो । यसर्थ फिल्म २ करोड आसपासमा सकियो – केसीले भने ।’

यस्तै केसीले चलचित्रको ‘कर्ली कर्ली कपाल’ लाई लागेको चोरीको आरोप बारे पनि मुख खोलेका छन् । पत्रकारहरुले चोरी आरोप बारे राखेको प्रश्नको जवाफ दिदै उनले संयोगबस एक बलिउड फिल्मको गीत सँग यसको कोरियोग्राफी मिल्न गएक बताएका छन् । ‘कहिले काही यसरी मेल खान सक्छ, संसारमा फिल्म बन्ने भनेको रोमान्स र एक्सनको कथामा हो, यसर्थ कहिले काही मेल खान सक्छ यसलाई चोरी नै भन्न मिल्दैन – उनले भने ।’

केसीले चलचित्रमा नेपाली राष्ट्रिय फुटबल टिमको खेलाडीहरुको समेत अभिनय रहेको बताए । यस्तै उनले निर्देशक दिवाकर भट्टराईले निर्देशकिय पाटोमा न्याय गरेको पनि बताए । राष्ट्रिय टिमबाट आफ्नो देशको प्रतिनिधित्व गर्दै खेल्न चाहने एक खेलाडीले के कस्तो संघर्ष गर्नु पर्छ भन्ने कथा नै ‘क्याप्टेन’ भएको निर्माता केसीले बताएका छन् ।

चलचित्रमा नायक अनमोल केसीले ‘क्याप्टेन’ का लागि आफुले निकै मेहनत गरेको बताएका छन् । उनले आफुलाई एउटा फुटबल खेलाडीको रुपमा प्रस्तुत गर्नका लागि ४ महिना बिहान बेलुका नै फुटबलको प्रशिक्षण लिएको बताएका छन् । अनमोलले चलचित्रका लागि राष्ट्रिय टोलीका पुर्व कप्तान, वर्तमान राष्ट्रिय टोलीका कप्तान, पुर्व खेलाडी , वर्तमान राष्ट्रिय टोलीका खेलाडी र प्रशिक्षकहरुबाट पनि ठुलो सहयोग मिलेको बताएका छन् ।

एउटा युवकले राष्ट्रिय टिमबाट खेल्दै देशलाई विश्व माझ चिनाउन के कस्तो संघर्ष गर्छ भन्ने कथा ‘क्याप्टेन’ ले बोकेको उनले बताएका छन् । अनमोलले यस अघीका चलचित्रलाई चितवनका दर्शकहरुले अत्याधिक रुचाएकोले यस पटक पनि चितवनबाट धेरै मायाको अपेक्षा रहेको बताएका छन् । ‘क्याप्टेन’ आफ्नो करियरको फरक फिल्म भएकोले एक पटक हेरेर प्रतिकृया दिन समेत उनले सम्पूर्ण दर्शकहरुलाई आग्रह गरेका छन् ।

फागूण १७ गतेबाट रिलिज हुन लागेको यो चलचित्रमा अनमोलको अलावा सुनिल थापा, उपासना सिंह ठकुरी, प्रियंका एमभी, प्रशान्त ताम्राकार, राजाराम पौडेल, विल्सन विक्रम राई मुख्य भूमिकामा छन् । द सुपर काजोल फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई दिवाकर भट्टराइको निर्देशन गरेका हुन् । फिल्ममा निर्देशक दिवाकर भट्टराईसँगै सामिप्यराज तिमल्सेनाको कथा, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, अर्जुन पोखरेलको संगीत, दिर्घ राज खड्काको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । जिया केसु चलचित्रकी कार्यकारी निर्मात्री हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*