Wednesday , 20 March 2019
News update
Home >> Article >> “ग्रीन बूक” ले जित्यो ओस्कार अवार्ड

“ग्रीन बूक” ले जित्यो ओस्कार अवार्ड

नागरिक अधिकारको पक्षमा लेखिएको विवादास्पद हलिउड चलचित्र “ग्रीन बूक” ले यस वर्षको ओस्कार स्वर्णपदक जितेको छ । यस चलचित्रमा सन् १९६० को दशकमा संयुक्तराज्य अमेरिकाको दक्षिण क्षेत्रमा बसोबास गर्ने एकजना गोरा ड्राइभर र काला जातिका पियानो बादकबीचको प्रेममय सम्बन्धलाई कथावस्तुमा समेटिएको छ ।

अमेरिकाको लस एन्जलसमा सोमबार बिहान भएको ९१ औँ संस्करणको ओस्कार अवार्ड ग्रीन बुकले उत्कृष्ट चलचित्रको अवार्ड जितेको हो । अभिनेता रामी मालेकले यस पटकको ओस्कार अवार्डमा बेस्ट एक्टरको अवार्ड हात पारेका छन् ।

उत्कृष्ट अभिनेताकाे अवार्ड लिँदै रामी मालेकउत्कृष्ट अभिनेताकाे अवार्ड लिँदै रामी मालेक

चलचित्र ‘बोहेमियन राप्सोडी’ मा फ्रेडी मर्करीको भूमिकाका लागि मालेकले ९१औँ संस्करणको एकेडेमी अवार्डमा उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका हुन् ।

मालेकले ‘भाइस’ मा पूर्व अमेरिकी राष्ट्रपति डिक चेनीको भूमिकामा देखिएका क्रिस्टियन बेल र ‘अ स्टार इज बर्न’ मा ज्याक मेनको भूमिकाका देखिएका ब्राड्ले कूपरलाई पछि पार्दै उत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन् ।

ग्रीन बुक चलचित्रका लागि ओस्कर पुरस्कार लिँदै निर्देशक पीटर फेरेली ग्रीन बुक चलचित्रका लागि ओस्कर पुरस्कार लिँदै निर्देशक पीटर फेरेली

‘बोहेमियन राप्सोडी’ ब्रिटिस रकब्यान्ड ‘क्वीन’ का लिड सिंगर फ्रेडी मर्करीको जीवनमा आधारित चलचित्र हो । फ्रेडी मर्करीको सन् १९९१ मा एड्ससँग सम्बन्धित रोगका कारण निधन भएको थियो ।

उत्कृष्ट निर्देशककाे ओस्कर पुरस्कार लिँदै अल्फान्साे क्युराेनउत्कृष्ट निर्देशककाे ओस्कर पुरस्कार लिँदै अल्फान्साे क्युराेन

बोहेमियन राप्सोडीका अलावा रामी मालेक टेलिभिजन शृंखला ‘मिस्टर रोबोट’ का कारण पनि चर्चित छन् । त्यस्तै ‘रोमा’ ले सर्वोत्कृष्ट विदेशी भाषाको फिल्म तथा सर्वोत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड जितेको छ ।

अल्फान्सो क्वारोनको लेखन र निर्देशन रहेको मेक्सिकन भाषाको यो श्यामश्वेत चलचित्रमा सन् १९७० को दशकको मध्यम वर्गीय गृहिणीको कथा समेटिएको छ ।

उत्कृष्ट अभिनेतृकाे ओस्कर पुरस्कार लिँदै ओलिभिया काेलम्यान उत्कृष्ट अभिनेतृकाे ओस्कर पुरस्कार लिँदै ओलिभिया काेलम्यान

बेलायती अभिनेत्री ओलिभिया कोलमेनले ‘द फेभरेट’ का लागि सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन् ।

उत्कृष्ट ओरिजिनल गीतका पुरस्कार लिँदै गायिका लेडी गागा उत्कृष्ट ओरिजिनल गीतका पुरस्कार लिँदै गायिका लेडी गागा

कसले के जिते ?

उत्कृष्ट चलचित्र : ग्रीन बुक
उत्कृष्ट निर्देशक : अलफान्सो क्यूरोन (रोमा)
उत्कृष्ट अभिनेत्री : रामी मालेक
उत्कृष्ट अभिनेता : ओलिभिया कोलम्यान
उत्कृष्ट सहअभिनेत्री : रेजिना किंग
उत्कृष्ट सहअभिनेता : माहेरशला अली
उत्कृष्ट सिनेमेटोग्राफी : रोमा, अल्फान्सो क्युरोन
उत्कृष्ट एनिमेटेड फिचर फिल्म : स्पाइडर म्यान
उत्कृष्ट ओरिजिनल स्क्रिनप्ले : ग्रीन बुक
उत्कृष्ट एडेप्टेड स्क्रिनप्ले : ब्ल्याकक्लान्सम्यान
उत्कृष्ट ओरिजनल स्कोर : ब्ल्याक प्यान्थर
उत्कृष्ट डकुमेन्ट्री फिचर : फ्री सोलो
उत्कृष्ट शर्ट डकुमेन्ट्री : पिरियड एण्ड अफ सेन्टेन्स
उत्कृष्ट लाइव एक्सन सर्ट : स्किन
उत्कृष्ट एनिमेटेड सर्ट : बाओ
उत्कृष्ट प्रोडक्सन डिजाइन : ब्ल्याक प्यान्थर
उत्कृष्ट कस्ट्युम डिजाइन : ब्ल्याक प्यान्थर
उत्कृष्ट हेयर एण्ड मेकअप : वाइस
उत्कृष्ट साउण्ड एडिटिङ : बोहेमियन राप्सोडी
उत्कृष्ट साउण्ड मिक्सिङ : बोहेमियन राप्सोडी
उत्कृष्ट भिजुअल इफेक्ट : फर्स्ट म्यान
उत्कृष्ट सम्पादन : बोहेमियन राप्सोडी
उत्कृष्ट ओरिजनल सङ : श्यालो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*