Thursday , 21 March 2019
News update
Home >> Article >> ‘मारुनी’मा भरे दिपकले संगीत

‘मारुनी’मा भरे दिपकले संगीत


गायक दिपक बज्रचार्यले पहिलो पटक नेपाली चलचित्रमा संगीत दिएका छन् । पछिल्लो समय ‘मन मगन’ बोलको गीतका कारण चर्चामा रहेका गायक बज्रचार्यको संगीत र स्वरमा समावेश चलचित्र ‘मारुनी’को ‘जाम्न माया जाम’ बोलको गीतको रेकडिङ काठमाण्डौको कृपा डिजिटल स्टूडियोमा गरिएको हो ।

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा ३ वटा गीत समावेश छ । जसमा ‘जाम्न माया जाम’ बोलको केही फरक गीत दिपक बज्रचार्यले तयार पारेका हुन् । उनले, यसपटक निर्मात्री पूनम गौतमले आफूले भने अनुसार नै काम गर्ने वातावरण बनाएको कारण चलचित्रमा संगीत र स्वर दिएको स्पष्ट पारे । ‘मैले धेरै पहिले चलचित्रको गीतमा आवाज भरेको थिएँ । तर, चलचित्रमा काम गर्न पर्याप्त समय नपाइने, निर्माताले भने अनुसार गीत बनाउनुपर्ने भएपछि मैले यततार्फ रुची देखाइनँ’- दिपकले भने ।

यस्तै, निर्मात्री पूनम गौतमले भनिन्–‘मैले दिपक बज्रचार्यजीले भनेकै जती समय दिएको थिएँ । उहाँले ६ महिना माग्नुभयो, मैले ६ महिनामा भनेजस्तो गीत चाहिन्छ भनेपछि उहाँ काम गर्न तयार हुनुभएको हो । अहिले फाइनल गीत सुन्दा खुशी लागेको छ ।’

गायक बज्रचार्यले सामान्य शब्दमा गीत तयार गर्दा दर्शकको मुखमा झुन्डिन्छ भन्ने आफूले वुझेको बताए । यो गीतमा रिक्की शाक्यको शब्द, फिरोज बज्रचार्यको मिक्सिङ र मोहित मुनालको एरेन्जमेन्ट रहेको छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार पुष्पल खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फिचरिङ गरिने निर्मात्री गौतमले बताइन् ।

फागूणको १८ गतेबाट छायांकन सुरु गर्न लागिएको चलचित्रलाई आउँदो बर्षको भदौ १३ गते रिलिज गर्ने पक्का गरिएको छ । यो चलचित्रलाई नवल नेपालले निर्देशन गर्न लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*