Thursday , 21 March 2019
News update
Home >> Features >> विवादमा यात्राको गीत,गायिका मेलिनाले गरिन् फिल्म युनिटको घोर निन्दा

विवादमा यात्राको गीत,गायिका मेलिनाले गरिन् फिल्म युनिटको घोर निन्दा

चलचित्र ‘यात्रा – ए म्युजिकल भ्लग’ मा समावेश ‘चट्ट रुमाल क्या मालुम’ बोलको गीतको रिमेक भर्जनको अहिले चौतर्फी आलोचना भईरहेको छ । गत मंगलबार युट्युबमा रिलिज भए लगत्तै गीतको आलोचना सुरु भएको हो । गीतको मर्म नै बिगारेर सर्जक माथि अन्याय गरेको भन्दै उक्त निर्माण टिमको अलोचना भईरहेको छ । रिमेक भर्जनले पुरानो गीतको मर्मको हत्या गरेको आरोप दर्शकहरुले लगाएका छन् । कतिपयले खुलेआम सदाबाहार गीतको बलात्कार भएको सम्म भनेका छन् । गीतले युट्युब भरी नकारात्मक कमेन्ट मात्र पाईरहेको छ ।सामाजिक सन्जाल भरी गीतको बिरोध भईरहेको छ ।


चौतर्फी आलोचना भईरहेको बेला यसले अब झनै ठुलो रुप लिएको छ । दर्शकहरुबाट आलोचना भईरहेको बेला गीतकी गायिका मेलिना राई कडा रुपमा प्रस्तुत भएकी छिन् । दर्शकहरु जस्तै मेलिनाले पनि चलचित्र युनिटको आलोचना गर्दै घोर निन्दा गरेकी छिन् । आफ्नो अफिसियल फेसबुकमा एउटा स्टाटस पोस्ट गर्दै मेलिनाले घोर निन्दा गरेकी छिन् । मेलिनाले २-३ पटक गीत रेकर्ड गरेर फाइनल गरिए पनि निर्माण टिमले फाइनल नभएको गीत युट्युबमा राखेको भन्दै आक्रोस पोखेकी छिन् । यसरी निर्माण टिमलेर लापरबाही गर्दा ब्यक्तिगत रुपमा आफुलाई पनि असर परेको भन्दै मेलिनाले निर्माण युनिटको निन्दा गरेकी छिन् ।

‘कुनै लेजेन्ड्सले गाइसकेको र उही बेला चर्चित भइसकेको गीतलाई रिमेक गरेर बजारमा ल्याउनु आफैंमा ठूलो चुनौती रहेको बताउँदै मेलिनाले लेखेकी छन्, ‘त्यो चुनौतीलाई ध्यानमा राखेर हामीले पूरा मेहनत गर्न पछि परेका थिएनौं । मैले तीनपटक भोकल गरेको थिएँ । सुमन सिंहले तीनपटक भोक गर्नुभएको थियो तर उहाँको राखिएन । श्याम स्वयत दाईले तीनपटक मिक्सिङ गर्नुभएको थियो र बाजाहरु थपियो । त्यति गरेर तयार गरिएको त्यो गीत नराखेर उही थोत्रे पुरानो गीत राखियो ।’

धेरै पटक आफूले फाइनल गीत रिप्लेस गरियोस् भनेर अनुरोध गरेता पनि टिमले नसुनेको उनले गुनासो पोखेकी छन् । टेन्डिङ र भ्यूजको अस्वस्थ प्रतिस्पर्धाको चेपुवामा आफू परेको मेलिनाको दुखेसो छ । ‘राम्रो कुराले टेन्डिङमा परेको पो राम्रो त हैन र ? यो विषयले संगीत क्षेत्रका हामी नयाँ पुस्ता र व्यक्तिगत मलाई पनि असर पुगेको हुँदा एक आर्टिस्ट भएको नाताले मलाई यस विषयमा बोल्न अधिकार छ’- मेलिनाले लेखेकी छिन् ।

गीतमा धर्मेन्द्र सेवान र मेलिना राईको आवाज रहेको छ । मेलिनाको आवाज गीतमा मिठो सुनिए पनि धर्मेन्द्रको आवाजले ‘चट्ट रुमाल’ लाई भताभुङग बनाएको छ । धर्मेन्द्रको आवाजले गीतलाई अलीकती पनि न्याय गरेको छैन् ।गीतको संगीतको पाटो पनि निकै कमजोर रहेको छ ।

गीतमा कलाकारहरुको नृत्यको पाटो पनि निकै फितलो रहेको छ । प्रविन सिंहको कोरियोग्राफी बिर्सनलायक रहेको छ । पुरानो गीतमा श्री कृष्ण श्रेष्ठ र निरुता सिंहको नृत्य हेर्दा छुट्टै आनन्द आउछ । तर रिमेक भर्जनको गीत न सुनु सुनु लाग्छ, न त हेर्दा हेँरु हेँरु नै लाग्छ । केबल रिमेक बनाउने बाहानामा ‘चट्ट रुमाल’ लाई च्यातचुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*