Thursday , 21 March 2019
News update
Home >> bollywood >> अक्षय कुमार बन्न चाहन्छन् विंग कमान्डर अभिनन्दन

अक्षय कुमार बन्न चाहन्छन् विंग कमान्डर अभिनन्दन

भारतीय वायुसेना विंग कमान्डर अभिनन्दन वर्तमान पाकिस्तानको नियन्त्रणमा रहेको दुई दिनपछि भारत फर्किएपछि निकै चर्चित भएका छन् । उनलाई भारतका जनता, नेता र सेलिब्रिटीले पनि निकै तारिफ गरेका छन् । बलिउड सेलिब्रिटीमा अमिताभ बच्चनदेखि शाहरुख खान, सलमान खान, अक्षय कुमार, अजय देवगन, अनुपम खेरसमेत बलिउडका विभिन्न स्टार्सले सोसल मिडियामा उनको तारिफ गरेका छन् ।

विंग कमान्डरको यो कहानी भारतको देशको भावनासँग पनि जोडिएको थियो त्यसकारण यो कहानी बलिउड फिल्म निर्मातालाई पनि निकै रोचक लाग्यो र उनीबारे फिल्म बनाउन होडबाजी नै चल्यो । यस्तै, फिल्म निर्माता मात्र होइन बलिउडका अभिनेता पनि अभिनन्दनको भूमिका निभाउन लालायित छन् ।

हालै अभिनेता जोन अब्राहमले पनि मिडियासँगको कुराकानीको क्रममा अभिनन्दनको भूमिका निभाउने इच्छा जताएका थिए । उनले भनेका थिए, ‘यो अफर पाए त मेरो लागि सौभाग्यको कुरा हुनेछ किनभने अभिनन्दन भारतका शान हुन् ।’

अब अक्षय कुमारले पनि यस्तै इच्छा व्यक्त गरेका छन् । ‘केसरी’ को प्रामोशनका लागि पुगेका अक्षयसँग मिडियासँगको कुराकानीका क्रममा जब अभिनन्दनसँग सम्बन्धित प्रश्नको सोधियो तब उनले जवाफ दिए, ‘अहिलेसम्म कुनै पनि फिल्म निर्माता अभिनन्दनको भूमिका लिएर मकहाँ आएका छैनन् तर यदि भविष्यमा यस्तो अफर आयो भने पक्कै पनि गर्नेछु ।’

उनले भने, ‘विंग कमान्डर अभिनन्दन वीर सैनिक हुन् र उनले जुन प्रकारले देशको गौरव बढाउँदै देशको गौरव बढाउँदै दुश्मन देशमा बहादुरीको परिचय दिएका छन्, हामी भारतीय उनीमाथि गर्व महसुस गर्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*