Thursday , 21 March 2019
News update
Home >> bollywood >> बलिउड दबंग सलमान खान पनि राजनीतिमा आउँने चर्चा

बलिउड दबंग सलमान खान पनि राजनीतिमा आउँने चर्चा

बलिउडमा कलाकारहरु राजनीतिमा धमाधम प्रवेश गर्ने लहर चलिरहेको छ । भारतीय जनता पार्टीमा कलाकारिताबाट राजनीतिमा प्रवेश गरेका केही मन्त्रीहरुको नाम आउँने गरेको छ ।

यो बिचमा बलिउडमा दबंग सलमान खान पनि राजनीतिमा आउँने चर्चा सुरु भएको छ । उनले चर्चा यतिकै भने चलेको होइन् । सलमान खानको पारिवारी पृष्ठभुमि पनि राजनीतिक भएको धेरैको बुझाई रहेको छ ।

उनलाई कांग्रेस पार्टीले टिकट दिने विषय बाहिर सार्वजनिक भएपछि उनी सक्रिय राजनीतिमा आउने सम्भावना देखिएको छ । पछिल्ला दिनहरुमा बक्स अफिसमा उनका चलचित्रहरुले खास कमाइ गर्न नसकेको अवस्था रहेको छ ।

केही समय पहिले मध्य प्रदेशका मुख्यमन्त्री कमलनाथले एक सार्वजनिक कार्यक्रममा सलमान खानको नाम लिएर उनलाई टिकट दिने तयारी रहेको बताएका थिए । अहिले सलमान खान मध्य प्रदेशको पर्यटनको ब्राण्ड एम्बेस्डर बनाइएका छन् ।

अहिले उनलाई काँग्रेसले इन्दोरबाट नै चुनाव लड्ने सम्भावना रहेको चर्चा गरिँदै आइएको छ । यदि यस्तो भयो भने उनको प्रतिस्पर्धा भाजपाकी नेता तथा वर्तमान लोकसभाकी सभामुख सुमित्रा महाजनसँग हुनसक्ने छ । सुमित्रा महाजन लगातार ९ पटक सम्म सांसद बनिसकेकी नेतृ हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*