Thursday , 21 March 2019
News update
Home >> Features >> चलचित्र ‘जानी नजानी’ को टाइटल सङ सार्वजनिक (भिडियो )

चलचित्र ‘जानी नजानी’ को टाइटल सङ सार्वजनिक (भिडियो )

यहि चैत्र १ मा रिलिज हुने चलचित्र ‘जानी नजानी’ को टाइटल सङ सार्वजनिक भएको छ। मोदनाथ खनालको शब्द तथा चर्चित गायिका अन्जु पन्त र गायक प्रताप दासको सुमधुर आवाज रहेको यस गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ ।प्रविन सिंहले कोरियोग्राफी गरेको रहेको गीतमा चलचित्रको मुख्य कलाकार मनिष श्रेष्ठ र  निरिशा बस्नेतलाई फिचरिंग गरिएको छ।

चलचित्रमा मनिष र निरिशा सगै  रोशनी केसी , सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी लगायतको पनि मुख्य अभिनय रहेको छ । यसै फिल्म मार्फत पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतकी छोरी निरिशा फिल्म नगरीमा डेब्यु गर्दैछिन् ।

आधुनिक प्रेमकथामा निर्माण भएको यस चलचित्रलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशकीए सिनेमा हो । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ ।

सामिप्यराज तिमिल्सेनाको कथा, पटकथा तथा संवाद रहेको फिल्ममा अर्जुन जिसीको सम्पादन , बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ ।चलचित्रमा  कविराज गहतराज , प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ अर्जुन पोखरेलको सङ्गीत रहेको छ। चलचित्रमा छायाँकन संजय लामाको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*