Thursday , 21 March 2019
News update
Home >> Features >> चलचित्र ‘शुभ लभ’को ‘स्याड सङ सार्वजनिक (भिडियो )

चलचित्र ‘शुभ लभ’को ‘स्याड सङ सार्वजनिक (भिडियो )

चलचित्र ‘शुभ लभ’को  ‘स्याड सङ सार्वजनिक गरिएको छ ।‘टुक्रियो एउटा सपना’ बोलको सार्वजनिक  गीतमा विशाल निरौलाको शब्द, संगीत र स्वर छ ।

चलचित्र शुभ लभ’लाई सन्तोष बाबु लोहनीको निर्देशन गरेका हुन् ।चलचित्रमा हरिहर अधिकारी र क्रिस्टिन पौडेल मुख्य भूमिकामा रहेका छन् ।चलचित्रमा हरिहर र क्रिस्टिनसँगै सरोज खनाल, प्रदीप बाँस्तोला, रवीन्द्र झा, राजाराम पौडेल, डा.सूर्या थापा लगायत कलाकारको अभिनय रहेको छ । हरिहर अधिकारी र क्रिस्टिन पौडेल यो फिल्मबाट डेब्यु गर्दैछन् ।

लभस्टोरी कमेडी जनरामा निर्माण भएको ‘शुभ लभ’ चैत १५ प्रदर्शनमा आउदै छ  ।बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता श्री प्रदीप कुमार उदय हुन् ।चलचित्रमा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ ।

अभिमन्यू निरवीको पटकथा तथा लेखन रहेको फिल्मको कथा हरिहरकै हो । फिल्ममा रामेश्वर कार्कीको छायाँकन, रोशन भट्टराईको द्वन्द्व ,अर्जुन पोखरेलेको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*