Thursday , 21 March 2019
News update
Home >> Features >> चलचित्र ‘साइँली’ टिम प्रचार प्रसारको लागि चितवनमा (भिडियो )

चलचित्र ‘साइँली’ टिम प्रचार प्रसारको लागि चितवनमा (भिडियो )

यहि  चैत १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘साइँली’ को टिम चलचित्रको प्रचार प्रसारको लागि चितवनआईपुगेको छ ।बुधबार चितवनमा पत्रकार भेटघाट कार्यक्रम गरेर चलचित्रको बारेमा जानकारी दिएको थियो।

पत्रकार भेटघाटमा चलचित्रका निर्माता तथा नायक गौरब पहारी, नायिका मेनुका प्रधान , अभिनेता दयाहाङ राई ,निर्माता तथा गायक हेमन्त राना र  गायक काली प्रसाद बास्कोटाको उपस्थित रहेको थियो ।

पत्रकार भेटघाटमा निर्माता तथा नायक गौरब पहारीले ‘सुन साइँली’ गीतको भिडियो निर्माण गर्दा नै हेमन्त रआफुले चलचित्र निर्माण गर्ने सोच बनाएको भन्दै चलचित्र सोचेको भन्दा राम्रो बनेको बताउनु भयो ।चलचित्रको कथाले नै दयाहाङ राई खोजेकोले दया राखिएको बताउदै निर्देशक रामबाबु गुरुङले नै सबै कलाकार राखेको बताए।

अभिनेता दयाहाङ राईले सफल गीत ‘साइँली’ बाट निर्माण गरिएको यस चलचित्रमा हाम्रो समाजमा भएका धेरै ‘साइँली’को कथा भएको बताए।सामाजिक बिषय बस्तुमा निर्माण गरिएको चलचित्र ‘साइँली’ हामीहरुले नै भोगेको कथा रहेको बताए।

अर्की अभिनेत्री मेनुका प्रधान अर्थात् ‘साइँली’ले चलचित्र निकै राम्रो बनेको बताउदै एक पटक चलचित्र हेर्न सबैलाई अनुरोध गरेकी छिन्।त्यस्तै गायक काली प्रसाद बास्कोटाले ‘साइँली’ बैदेशिक रोजागारीको चपेटामा परेको एउटा नारीको रुपमा लिन थालिएको बताए। ‘साइँली’ ठुलो क्यानभासमा आउदैछ सबैले मन पराउने विश्वास गरेका बताए ।चलचित्रका निर्माता तथा गायक हेमन्त रानाले सफल गीतलाई फिल्म बनाउदा व्यापार मात्रै हैन समाजमा केहि फिल्म बनाएको जानकारी दिए।

चलचित्र युनिटले यस अघि चितवनको विभिन्न कलेजमा पुगेर फिल्मका बारेमा जानकारी गराएका थिए  ।पूर्वको धरान हुदै चलचित्र युनिट चलचित्रको प्रचार प्रसारको लागि चितवन आएका हुन्।

गायक हेमन्त रानाको चर्चित गीत ‘सुन साइँली’ नामलाई सापटी लिएर यो फिल्म निर्माण भएको हो ।साईली गीतमा गौरव र मेनुका नै फिचर्ड थिए भने फिल्ममा पनि यहि जोडि मुख्य भुमिकामा छन् ।  गीतले बैदेशिक रोजागारीमा गएका श्रीमान र गाउँमा श्रीमानको प्रतिक्षा गरेर दिन काटिरहेकी श्रीमतीबीचको प्रेम बुनिएको थियो । गीतको मर्मलाई नै फिल्मको मुख्य पाटो बनाईएको छ । तर फिल्ममा भने श्रीमान बैदेशिक रोजगारीमा जानुअघिको कथालाई उठान गरिएको छ ।

चलचित्रलाई  रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।चलचित्रलाई गायक हेमन्त राना र गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा माओत्से गुरुङ, केनिपा सिंह, प्रकाश घिमिरे, अरुण कार्की, लगायतका कलाकारको पनि मुख्य भुमिका रहेको छ ।

विशाल गुरुङ र मोहन राना मगरको लगानी रहेको सिनेमामा बिजय अवाले, विकाश पुजास, सुवेच्छा केसी सह निर्माताको रुपमा रहेका छन् । भने सिनेमाका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । सिनेमामा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*