Sunday , 26 May 2019
News update
Home >> bollywood >> बलिउड अभिनेता वरुण धवनले प्रेमिका नताशा दलालसग माल्दिभ्समा बिहे गर्दै

बलिउड अभिनेता वरुण धवनले प्रेमिका नताशा दलालसग माल्दिभ्समा बिहे गर्दै

बलिउड अभिनेता वरुण धवनले प्रेमिका नताशा दलालका साथ यसै वर्षको अन्त्यमा विवाह गर्ने भएका छन् । यतिबेला अभिनेता वरुण धवन फिल्म ‘कलंक’का कारण व्यस्त छन् । यही अप्रिल १७ मा फिल्म ‘कलंक’ रिलिज भएपछाडि वरुण धवन विवाहको तयारीमा लाग्ने बताइएको छ ।

वरुण धवन र नताशा दलालले आफ्नो विवाहका लागि स्थान पनि तय गरिसकेका छन् । वरुण र नताशा अभिनेता रणवीर सिंह र दीपिका पादुकोणले जस्तै गरी डेस्टिनेशन वेडिङ गर्न खोजिरहेका छन् । वरुण र नताशाले विवाहका लागि समुन्द्रले घेरिएको सुन्दर देश माल्दिभ्सलाई रोजेका छन् । माल्दिभ्स नताशाको रोजाइ हो ।

अभिनेता वरुण धवन उनकी प्रेमिका नताशा दलाललाई लामो समयदेखि डेट गरिरहेका छन् । अधिकांश समय नताशा र वरुण एकसाथ समय बिताइरहेका तस्बिरहरु मिडिया तथा सामाजिक सञ्जालमा छाइरहेका हुन्छन् । यी दुवैका परिवारले पनि यस सम्बन्धलाई स्वीकार गरिसकेका छन् ।

तर नताशा र वरुणको डेस्टिनेशन वेडिङको योजना भने वरुणको परिवारलाई चित्त बुझेको छैन । वरुण धवनका पिता तथा निर्देशक डेविड धवन छोराको विवाह भारतमै गर्ने सोचमा छन् । यसै कारण वरुण धवन र नताशा दलालको विवाहको स्थान भने अहिले टुंगो लागिसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*