Sunday , 16 June 2019
News update
Home >> Features >> प्रदिप खड्का र जसिता गुरुङ अभिनित ‘लभ स्टेसन’ ‘मेरो आँगन’गीत सार्वजनिक (भिडियो)

प्रदिप खड्का र जसिता गुरुङ अभिनित ‘लभ स्टेसन’ ‘मेरो आँगन’गीत सार्वजनिक (भिडियो)

युवा पुस्ता माझ लोकप्रिय अभिनेता प्रदिप खड्का स्टारर फिल्म ‘लभ स्टेसन’ को दोस्रो गीत सार्वजनिक भएको छ । चलचित्रमा समावेश ‘मेरो आँगन’ बोलको गीत आज सार्वजनिक भएको हो ।

गीतमा प्रदिप सँगै अभिनेत्री जसिता गुरुङ फिचर्ड रहेका छन् । सार्वजनिक गीतमा प्रदिपले गीतको गाएर जसितालाई फकाउन खोजेको देखाईएको छ । गीतमा जसिता प्रदिप सँग रिसाएकी छिन् र प्रदिप जसितालाई जुन भन्दै फकाउन खोजेका छन् । सार्वजनिक गीतमा सुरेश सुरेश लामाको आवाज रहेका छन् । गीतमा उज्वल घिमिरेको शब्द तथा शम्भुजित बास्कोटाको संगीत रहेको छ । गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ । चलचित्रको यस अघी सार्वजनिक ‘घाम जुन’ बोलको गीतले राम्रो चर्चा पाइर्हएको छ ।

गीत र ट्रेलरको कारण चर्चामा रहेको ‘लभ स्टेसन’ यही चैत्र २२ गतेबाट प्रदर्शन हुँदैछ । म्युजिकल लभ स्टोरी जनरामा निर्माण भएको चलचित्रमा प्रदिप र जसिताको अलावा रमेश बुढाथोकी, सिरु बिष्ट, रवि डंगोल, प्रिया रिजाल लगायतको पनि अभिनय रहेको छ ।

काफिया फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई उज्वल घिमिरेले निर्देशन गरेका हुन् । गोबिन्द शाही, क्रिशु शाही (काफिया) र कबिर बिक्रम शाही चलचित्रका निर्माता हुन् । आलोक शुक्लाको सिनेमाटोग्राफी रहेको चलचित्रमा कुमार श्रेष्ठको द्वन्द्व तथा लोकेश बज्राचार्यको सम्पादन रहेको छ । चलचित्रको कथा सुबाश सिंह बस्न्यातले लेखेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*