Friday , 19 April 2019
News update
Home >> Features >> निर्माता सुवास गिरीले गृह जिल्ला सिन्धुलीमा १० लाखको एम्बुलेन्स हस्तान्तरण

निर्माता सुवास गिरीले गृह जिल्ला सिन्धुलीमा १० लाखको एम्बुलेन्स हस्तान्तरण

सफल निर्माता तथा समाजसेवी सुवास गिरीले आइतबार आफ्नो जन्मदिन मनाएका छन् । जन्मदिनको अवसरमा ‘नोभेम्बर रेन, क्लासिक, पर्व, कृ’ जस्ता चर्चित सिनेमा निर्माण गरेका निर्माता सुवास गिरी समाजसेवामा पनि आफ्नो हात बढाएका छन् । सुवासले आइतबार आफ्नो जन्मदिनको अवसर पारेर १० लाख मुल्य बराबरको एम्बुलेन्स गृह जिल्ला सिन्धुलीमा हस्तान्तरण गरेका छन् ।

उनले सिन्धुली स्थित दुधौली नगरपालिका वडा नम्बर ५ को सिर्थौली प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । यस्तै, सुवासले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोस्ट गर्दै आफ्नै नाममा सुवास फाउन्डेशन संचालनमा ल्याएको समेत जानकारी गराए । उनले, आफ्नो हरेक कमाइको १० प्रतिशत रकम सुवास फाउन्डेशन मार्फत सामाजिक कार्यमा लगानी गर्ने समेत उक्त स्टाटस मार्फत जानकारी दिएका छन् ।

यस्तै, निर्माता सुवास गिरीले गतवर्ष प्रदीप खड्कालाई लिएर ‘भैरवी’ निर्माण गर्ने घोषणा गरेका थिए । योसँगै अनमोल केसीको मुख्य भुमिकार रहेको सिनेमा ‘कृ’को सिक्वेल ‘कृ २’ समेत निर्माण गर्ने बताएका थिए । तर आजको मितीसम्म यि दुवै सिनेमा निर्माण भएका छैनन् । सिनेमा ‘भैरवी’को क्यानाभास निकै ठूलो भएको भन्दै यो सिनेमा तत्काल नबन्ने सुवासले बताए । तर, दशैं लगतै विग बजेट सिनेमाको छायांकन सुरु गर्ने तयारी उनले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*