Monday , 17 June 2019
News update
Home >> bollywood >> ‘नोटबुक’ को गीत सलमान खानको स्वर (भिडियो)

‘नोटबुक’ को गीत सलमान खानको स्वर (भिडियो)

बलिउड अभिनेता सलमान खानको होम प्रेडक्सनमा निर्माण भएको फिल्म ‘नोटबुक’ को गीत रिलिज भएको छ । अभिनेता सलमान खानको आवाज रहेको ‘मै तेरा’ बोलको गीत सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा सलमान खानको आवाज रहेको छ । यस अघी गीत चर्चित पाकिस्तानी गायक आतिफ अस्लामको आवाजमा रेकर्ड गरिएको थियो । तर पुलवामा आक्रमण पछी पाकिस्तानी कलाकारहरुलाई प्रतिबन्ध लगाए सँगै गीत फेरी सलमानको आवाजमा रेकर्ड गरिएको हो । गीत युट्युबमा रिलिज भए पछी मिश्रित प्रतिकृया आईरहेको छ । गीतले धेरैले मन पराएका छन् भने केहीले नकारात्मक कमेन्ट गरेका छन् ।

गीतमा मनोज मुन्ताशिरको शब्द तथा विशाल मिश्रको संगीत रहेको छ । २९ मार्चमा रिलिज हुने फिल्ममा जहीर इकबाल र प्रनूतन बहलको लिड रोल रहेको छ । फिल्मलाई नितिन कक्कारले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*