Friday , 19 April 2019
News update
Home >> bollywood >> सञ्जयलिला भन्सालीको ‘इन्शाअल्लाह’मा सलमान खान र आलिया भट्टले रोमान्स गर्ने

सञ्जयलिला भन्सालीको ‘इन्शाअल्लाह’मा सलमान खान र आलिया भट्टले रोमान्स गर्ने

बलिउड स्टार सलमान खान र सञ्जयलिला भन्सालीले २० वर्षपछि पुन एक साथ चलचित्रमा बनाउने भएका छन् । ‘हम दिल दे चुके सनम’ को २० वर्षपछि भेट्रान निर्देशक सञ्जय लीला भन्साली र बलिउड सुपरस्टार सलमान खानबीच टिमअप हो । चलचित्रको नाम ‘इन्शाअल्लाह’ जुराइएको छ ।

यस अघि सलमानको जोडीको रुपमा प्रियंका , दीपिका, ऐश्वर्या, आलियादेखि जान्वी सम्मको चर्चा चलेको थियो । अन्ततः निर्देशक भन्सालीले चलचित्रमा सलमानसँग आलिया भट्टको जोडी बाँधिएको छ । जसको चर्चा बलिउड मिडियामा केही समयदेखि भैरहेको थियो ।अभिनेता सलमान खान र अभिनेत्री आलिया भट्टले पहिलो पटक सिनेमामा एकसाथ काम गर्न लागेका हुन् ।

बलिउड मिडियाका अनुसार यो सिनेमा रोमान्टिक लभस्टोरी कथामा निर्माण हुनेछ । सञ्जयसँग पनि आलियाले पहिलो पटक काम गर्न लागेकी हुन् । यो एक लभस्टोरी बेस्ड फिल्म हुने बताइएको छ । आलियाले भन्सालीसँग काम गर्न निकै उत्साहित रहेको बताएकी छन् । यो भन्सालीको ड्रिम प्रोजेक्ट बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*