Friday , 19 April 2019
News update
Home >> Features >> चलचित्र ‘कागजपत्र’ को स्याड भर्सन गीत सार्वजनिक (भिडियो)

चलचित्र ‘कागजपत्र’ को स्याड भर्सन गीत सार्वजनिक (भिडियो)

यहि चैत्र ८ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कागजपत्र’ को स्याड भर्सन गीत सार्वजनिक गरिएको छ । ‘तिमि जाने बाटो कता’ बोलको सार्वजनिक गीतमा संगीत सापकोटाको शब्द/संगीत रहेको छ भने अनुपम शर्मा र प्रविशा अधिकारीले स्वर दिएका छन् ।

अस्ट्रेलिया जान नक्कली चलचित्र ‘कागजपत्र’को पछाडी कुद्ने चार पात्र नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा र सरिता गिरी विचको पिडा गीतले वर्णन गरेको छ ।यस अघि झुम्की नामक चलचित्र निर्देशन गरेका अपिल विष्टले ‘कागजपत्रको निर्देशन गरेका हुन् ।

कमेडी र सोसल ड्रामा जनरामा राखिएको चलचित्र ‘कागजपत्र’मा चलचित्र ‘कागजपत्र’ मा नाजीर हुसैन,भोलाराज सापकोटा, सरिता गिरी, शिल्पा मास्के, निरज सिंह विष्ट, लक्ष्मी वर्देवा लगायतका कलाकारहरुको अभिनय रहको छ ।

वल्डवाइड फिल्मस् र औस फिल्मस् को प्रस्तुतीमा निर्माण हुने यस चलचित्रमा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकाटीको लगानी रहने छ ।किरण न्यौपाने र सरस्वती श्रेष्ठ चलचित्रका सह-निर्माताको रुपमा रहेका छन् ।चलचित्रमा संगीत सापकोटाको संगीत रहने फिल्ममा अष्ट महर्जनको द्वन्द्व र अष्ट्रेलियन सिनेम्याटोग्राफर कासिमिर डिकसनको छायांकन,निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*