Monday , 17 June 2019
News update
Home >> Features >> चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

चलचित्र निर्माता तथा कलाकार केशव भट्टराई चलचित्र  विकास बोर्डको अध्यक्ष पदमा  नियुक्त हुनु भएको छ ।बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले उहालाई  सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको हो ।

बोर्ड अध्यक्ष भएपछि संक्षिप्त प्रतिक्रिया दिदै भट्टराईले आफ्नो योजनाको बारेमा पदबहाली गरिसकेपछि मात्र जानकारी दिने बताए ।चलचित्र निर्माता संघको वरिष्ठ उपाध्यक्षसमेत रहेका अध्यक्ष भट्टराईले अब २ बर्ष चलचित्र विकास बोर्ड हाँक्नेछन् । निकिता पौडेलले केही महिना अगाडि राजीनामा दिएपछि चलचित्र विकास बोर्ड अध्यक्षविहीन थियो ।

भट्टराईले ‘आफ्नो मान्छे’, ‘कर्मयोद्धा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’ फिल्म पनि निर्माण गरिसकेका छन् ।उनी निर्मित नयाँ फिल्म ‘यात्रा’ यही चैत २९ मा रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*