Monday , 17 June 2019
News update
Home >> Features >> सोनिका रोकायालाई पक्राउ गर्ने कुरा हल्ला मात्रै :प्रहरी प्रबक्ता

सोनिका रोकायालाई पक्राउ गर्ने कुरा हल्ला मात्रै :प्रहरी प्रबक्ता

सामाजिक सञ्जाल युट्युबमार्फत सामाजिक मर्यादामा खलल पुर्‍याउने सामग्री र उत्तेजक अन्तरवार्ता दिएको आरोपमा फूल्चोकी मिडिया ग्रुप नामक युट्युब च्यानलका सञ्चालक राजकुमार कुँवर , कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान र मोडल परी तामाङलाई पक्राउ परे पछि पछिल्लो समय बजारमा विभिन्न हल्ला आउन थालेको छ ।

बिहिबार केहि अनलाईन मिडियामा यूटयुवमा दुईअर्थी लाग्ने अन्तरवार्ता लिने अर्की महिला सोनिका रोकायालाई पनि प्रहरीको खोजी सूचीमा रहेको समाचार बाहिरिएको छ।सोनिका रोकायालाई खोज्दै प्रहरी, छिटै पक्राउ पर्ने ! यस्ता समाचार आए सगै सोनिका रोकायाले रुदै आफुले राम्रो गर्न खोज्दा आफ्नो चरित्र हत्यागर्न खोजिएको बताएकी छिन्।

यस बारेमा प्रहरी प्रबक्ता एसएसपी उत्तम राज सुबेदीसग हामीले कुरा गर्दा यसरी यो व्यक्तिनै समात्ने भन्नेकुनै लिस्ट तयार नभएको तर सामाजिक सञ्जाल युट्युबमार्फत सामाजिक मर्यादामा खलल पुर्‍याउने सामग्री र उत्तेजक भिडियो बनाउने जो कोहीलाई समातेर अनुसन्धान गर्ने बताउनु भयो।यसरी हामीले कसैको नाम सार्वजनिक गरेका छैनौ समाचारमा आएको नाममा कुनै सत्य नभएको एसएसपी उत्तम राज सुबेदीले बताउनु भयो।

यता सोनिका रोकायाले दुई अर्थी लाग्ने टाईटल राखेको हुँदा वाउ नेपाल छोडेर आफ्नै युट्युब च्यानल the sonica show चलाउदै आएको बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*