Monday , 17 June 2019
News update
Home >> Features >> चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’ हलमा रिलिज नगरि सिधै युट्युब रिलिज (पुरा फिल्म)

चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’ हलमा रिलिज नगरि सिधै युट्युब रिलिज (पुरा फिल्म)

नायिका नन्दिता केसीको पछिल्लो चलचित्र अमेरिकन बाबु मेड इन नेपाल सार्वजनिक गरिएको छ ।अमेरिकामा निर्माण गरिएको चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’ युट्युब रिलिज गरिएको हो ।
चलचित्रका निर्देशक तथा निर्माता बाहिर रहेको र नेपालमा बितरक तथा हलसँग बारम्बार ताकेता गर्न नसकेको कारण फिल्म ड्रिम्स गेट नेपालको अफिसियल युट्युब च्यानलमा रिलिज गरिएको निर्देशक ईश्वर थापाले जानकारी दिए ।  ड्रिम्स गेट नेपालको व्यानरमा निर्माण गरिएको चलचित्रले लगानीको ८० प्रतिशत यूएसए र क्यानडा बाट उठाइसकेको छ ।

बाबु बोगटी, नन्दिता केसी , स्मृति पोखरेल, एहशान ढकाल, राजेश गुरुङ, क्रिस थापा, अन्जली लामा, प्रवेश उप्रेती पल, प्रियंका आएर, रघु गिरी, जंगबु शेर्पा, सुरेन्द्र बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र राजेश गुरुङ, मन्जु राना र सम्झना उप्रेतिले निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*