Monday , 17 June 2019
News update
Home >> bollywood >> आज बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पीएम नरेन्द्र मोदी’ को रिलिजमा रोक

आज बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पीएम नरेन्द्र मोदी’ को रिलिजमा रोक

आज बाट प्रदर्शनमा आउने भनिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक चलचित्र ‘पीएम नरेन्द्र मोदी’ आउँदो लोकसभा चुनावअघि रिलिज नहुने भएको छ ।

भारतीय चुनाव आयोगले यसको रिलिजमा बुधबार रोक लगाएको छ । चुनाव आयोगले लोकसभा चुनाव नसकिएसम्म यो चलचित्रको रिलिजमा रोक लगाएको हो । भारतमा अप्रिल ११ देखि मे १९ सम्म गरी सात चरणमा लोकसभा चुनाव हुँदैछ ।

यसभन्दा पहिले भारतीय सर्वोच्च अदालतले यो चलचित्रको रिलिजमाथि रोक लगाउनपर्ने भन्दै कांग्रेसका एक कार्यकताले हालेको रिट खारेज गरेको थियो । सर्वोच्च अदालतले चलचित्रले चुनावी आचारसंहिता उल्लंघन गरे नगरेको चुनाव आयोगले नै तय गर्ने बताएको थियो ।साथै चलचित्र नहेरी यो आचारसंहिताविपरीत भो भनेर कसरी भन्न सकिन्छ भनेर सर्वोच्चले रिट दायरकर्तालाई सोेधेको थियो ।

कांग्रेससहितका विपक्षी दलले भने यो फिल्मले बीजेपीलाई अनुचित लाभ मिल्ने बताउँदै चुनाव नसकिएसम्म यसको रिलिजमाथि रोक लगाइनुपर्ने बताउँदै आएका थिए । यस चलचित्रमा विवेक ओबेरोयले नरेन्द्र मोदीको भूमिका निर्वाह गरेका छन् । चलचित्रमा मोदीका विभिन्न कालखण्डका उतारचढावलाई देखाइएको विवेकले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*