Sunday , 16 June 2019
News update
Home >> Features >> इथोसको नया गीत ‘कसरी भनु म’को भिडियो सार्वजनिक

इथोसको नया गीत ‘कसरी भनु म’को भिडियो सार्वजनिक

चर्चित आर एन बी समूह इथोसद्वारा नयाँ म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । ‘कसरी भनु म’ बोलको गीत युट्युबमार्फत बिहीबार सार्वजनिक भएको हो । गीतमा अजय शम्शेर राणा, सञ्जय चौधरी र भारतीय चर्चित अण्डर ग्रराउण्ड र्यापर एडिए ब्वाईको संयुक्त आवाज छ ।

गीतमा शब्द संगीत अजय शम्शेर राणा र सञ्जय चौधरीको रहेको छ । म्युजिक भिडियोको निर्देशन गायक राणा आफैले गरेका छन् । म्युजिक भिडियाकोे छायाँकन थाइल्याण्डका विभिन्न सहरमा गरिएको छ । इथोसले यस अघि नक्कली मैया, सुस्तरी–सुस्तरी, झ्यालैमा, गल्ती मेरो छैन् लगायतका चर्चित गीतहरु बजारमा ल्याइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*