Friday , 19 April 2019
News update
Home >> Features >> ४३ बर्ष पुगे माग्ने बुढा

४३ बर्ष पुगे माग्ने बुढा

२०५८ सालदेखि कलाकारिताको दुनियाँमा प्रवेश गरेका केदार घिमिरे (माग्ने बुढा)४३ बर्षमा प्रवेश गरेका छन् । पछिल्लो समय कमजोर स्वास्थ स्थितिबाट गुज्रीएका हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा) ले यती बेला आफुलाई पुर्णतया अभिनयमा व्यस्त राखिरहेका छन् । उमेरले चार दशक पार गरिसकेका यिनी अझै पनि आफुलाई वयस्क सरह उर्जावान् र अभिनयमा साधनारत राखिरहेका छन् ।

‘हिजो आजका कुरा’बाट अभिनय यात्र सुरू गरेका केदारले २०६२ सालमा सुरू भएको ‘मेरी बास्सै’मा गरेको माग्ने बुढाुको भूमिकाबाट जिवनमा पाउनु पर्ने सबैभन्दा ठुलो लोकप्रियता हासिल गरे । संघर्षको बिभिन्न रुपहरु देखेका माग्ने बुढाले केहि समयअघी मात्र चलचित्र ुराम कहानीु बाट १० लाख पारिश्रमिक लिएका छन् , उनले हांस्य व्यंग्य भनेको अरुलाई हसाँएर मनोरन्जन दिने साधन मात्र नभएर कलाकारिताको अभिन्न अंग हो भन्ने पुष्टी गरेका छ्न् ।

निरन्तर कलाकारितामा आफुलाई समर्पित गरेका केदार घिमिरे को जिवन अझ सफल, स्वस्थ र साहसपुर्ण बितोस् नमस्ते फिल्मी टिभी टिमको तर्फवाट जन्मदिनको शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*