Friday , 19 April 2019
News update
Home >> bollywood >> टाइगर श्राफको चलचित्र ‘स्टुडेन्ट अफ द इयर २’को ट्रेलर सार्वजनिक (भिडियो)

टाइगर श्राफको चलचित्र ‘स्टुडेन्ट अफ द इयर २’को ट्रेलर सार्वजनिक (भिडियो)

टाइगर श्राफ अभिनित बलिउडको यस बर्षको प्रतिक्षित मध्येको एक फिल्म ‘स्टुडेन्ट अफ द इयरको सिक्वेल फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । यस फिल्मबाट तारा सुतारिया र अनन्या पाण्डेले बलिउडमा डेभ्यु गर्दैछन् ।

तारा र अनन्यासहित टाइगर सराफको प्रमुख भूमिका रहेको यो फिल्म सन् २०१२ मा रिलिज भएको स्टुडेन्ट अफ द इयरको सिक्वेल हो । सो फिल्मबाट बलिउडमा डेभ्यु गरेका बरुण धवन, आलिया भट्ट र सिद्धार्थ मल्होत्रा अहिले बलिवुडका टप कलाकार बनेका छन् ।डेब्यु फिल्म हिरोपन्तीमा खिल्ली उडाईएका टाइगरले पहिलो फिल्म देखि नै सबै फिल्म हिट दिएका छन् । जसमा बागी उनको करियर माथि उकास्न महत्वपुर्ण भुमिका खेलेको फिल्म हो । बागी २ पछि टाइगरका कुनै फिल्म रिलिज भएनन् । यसबीचमा उनको अब रिलिज हुने तयारीमा रहेको फिल्म हो ‘स्टुडेन्ट अफ द इयर २’ ।

स्टुडेन्ट अफ द इयर-२ को ट्रेलर हेर्दा फिल्ममा टाइगर श्राफको एक्सन भरपुर रहेको सजिलै अनुमान गर्न सकिन्छ । फिल्ममा टाइगर अभिनेत्री तारासंग लिपलक गरेको दृश्य समेत देखाइएको छ । ट्रेलरले फिल्ममा टाइगर, तारा र अनन्याबीचको त्रिकोणीय प्रेम कहानीको संकेत गर्दछ । पुनित मलहोत्राले निर्देशन गरेको यो फिल्मलाई करण जोहरले निर्माण गरेका हुन् । यो फिल्म आगामी मे १० मा रिलिज हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*