Tuesday , 18 June 2019
News update
Home >> Features >> दाल भात तरकारीको टोली देश दौडाहा गर्दै चितवनमा

दाल भात तरकारीको टोली देश दौडाहा गर्दै चितवनमा

चलचिभत्र ‘दालभात तरकारी’ टोली चलचित्र प्रचारप्रसारको लागी चितवन आएको छ । निर्माण टोलीले शुक्रबार नवलपुरको गैंडाकोटमा पत्रकार सम्मेलन गर्दै चलचित्रलाई राम्रो बनाउने कोशिस गरिएको बताए ।

विर्तामोडवाट आफ्नो प्रचारप्रसारलाई थालेका उनिहरुले अर्गानिक नेपाली चलचित्र भएकाल हेरीदिन दर्शकलाई आग्रह गरेका छन् । मह पूर्वको विर्तामोडबाट सुरु भएको देश दौडाहा दमक, इटहरी, हेटौँडा हुँदै चितवन आइपुगेको हो ।

सञ्जारको प्रस्तुतिमा तयार भएको चलचित्रको वारेमा बोल्दै हरिवंश आचार्यले नयाँ बर्षको लागी पहिलो गास दाल भात तरकारी रहेको वताए । उनले भने नयाँ बर्षको सुरुवाद संगै हामीले राम्रो चलचित्र पस्कीन लागेका छौं, चलचित्र यात्रा र ए मेरो हजुर ३ लाई शुभकामना दिँदै पछिल्लो समय नेपालको बजारले धान्ने भन्दा बढी चलचित्र निर्माण भएको बताए ।

नेपाली चलचित्रले गुणस्तरलाई भन्दा मात्रालाई प्राथमिकता दिएका कारण दर्शकहरुले नेपाली चलचित्र मन पराउन छोडेका आचार्यले सुनाए। चलचित्र चलेन भनेर भन्ने वाताबरण स्वयम चलचित्रकर्मीले बनाएको आचार्यले बताए । चलचित्र राम्रा खालका भएभने वर्षमा जती चलचित्र प्रर्दशन गरेपनि सफल हुने उनल वताए । चलचित्र दाल भात तरकारी हास्य चलचित्रका साथमा पूर्ण पारीवारिक चलचित्र भएको आचार्यको भनाइ छ ।

नेपाली चलचित्रले हिन्दी चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै आचार्यले आफूहरुले निर्माण गरेको चलचित्रमा स्वदेशमा नै दालभात तरिकारी खाएर समृद्धिको यात्रामा सहभागी हुनुपर्ने सन्देश दिइएको बताए । दौडाहामा आएका हरिवंश आचार्यसँगै किरण केसी, शिवहरि पौडेल, आँचल शर्मा, गायक रामचन्द्र काफ्ले, गायिका जुनु रिजाललगायतले चलचित्रको बारेमा जानकारी गराएका थिए


हरिवंश आचार्यले स्क्रिप्ट लेखेको चलचित्रमा हरिवंश स्वयं, निरुता सिंह, वर्षा राउत, राजाराम पौडेल, प्रियंका कार्की, विल्सनविक्रम राई, यमन श्रेष्ठलगायतले अभिनय गरेका छन् । दीर्घ गुरुङले खिचेको चलचित्रको निर्मातामा रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरि पौडेललगायत छन् ।
पत्रकार सम्मेलनमानै चलचित्रका कलाकार शिवहरी पौडेलको जन्मदिन मनाईएको थियो ।

उपस्थित पत्रकार तथा चलचत्रिकर्मी मिलेर उनलाई जन्मदिनको शुभकामना दिए । पत्रकार सम्मेलन लगत्तै चलचित्र युनिटले नारायणी नदी किनारमा चलचित्रको वारेमा दर्शकहरुलाई जानकारी गराएको छ । सो क्रममा गायक रामचन्द्र काफ्ले तथा गायिका जुनु रिजालले गीत गाएर दर्शकहरुलार्इृ मनोरञ्जन दिएका थिए ।

विभिन्न ठट्यौली भाषामा हाँश्य ब्याग्य गर्दै चलचित्र हेर्न उपस्थितलाई आग्रह गरका छन् । चलचित्र बैशाख २० गतेवाट नेपालभर प्रर्दशनमा आएको छ । प्रर्दशन अगावै विभिन्न देशको यसको राईट्स समेत बेचीसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*