Friday , 19 April 2019
News update
Home >> bollywood >> जोन दोहोरिदै ‘सत्यमेव जयते’ को सिक्वेलमा

जोन दोहोरिदै ‘सत्यमेव जयते’ को सिक्वेलमा

बलिउड सुपरस्टार जोन अब्राहमको ‘सत्यमेव जयते’ चलचित्रको सिक्वेलमा जोन दोहोरीने भएका छन् । गतबर्ष प्रदर्शनमा आएको चलचित्रलाई दर्शकले रुचाएपछि अब सिक्वेल बन्ने चर्चा सुरु भएको छ । चाँडै यसका मेकर्स चलचित्रको घोषणा गर्ने तयारीमा छन् । चलचित्रलाई मिलाप जावेरीले निर्देशन गरेका थिए ।

भारतीय मिडियाका अनुसार, निर्देशक मिलाप अहिले चलचित्रको स्क्रिप्टमा काम गरिरहेका छन् । चलचित्रको छायांकन यस वर्षको जुलाई वा अगस्टबाट सुरु हुँदैछ । अर्को वर्ष रिलिज गर्ने तयारी छ । जोन चलचित्रको सिक्वेललाई लिएर निकै उत्साहित छन् । अहिले निर्देशक मिलाप अरु प्रोजेक्टमा पनि व्यस्त । तर, यस फिल्मको सिक्वेलको स्क्रिप्टमा पनि काम गरिरहेका छन् ।

अब हेर्न यो बाँकी छ कि, चलचित्रको कहानी जहाँ सकिएको थियो त्यहीबाट सुरु हुन्छ वा नयाँ कहानीलाई लिएर सिक्वेल बनाइनेछ । ुसत्यमेव जयते २ु को स्क्रिनप्ले लगभग तयार भइसकेको छ । चलचित्र मरजावा रिलिज लगत्तै निर्देशक मिलापले यसको प्रि(प्रोडक्सनमा काम गर्न सुरु गर्नेछन् । टी सीरीज र निखिल आडवाणीले फिल्मको निर्माण गर्नेछन् ।

जोन अब्राहमको हालै रिलिज भएको चलचित्र ुरोमिया अकबर वालटरु दर्शकलाई मनपरेको छ । यसमा उनले एक ुरअु एजेन्टको भूमिका निभाएका छन् । चलचित्रमा जोनका अलावा मौनी रोय, ज्याकी श्राफ र सिकंदर खेर लिड रोलमा छन् । यो फिल्म एक यस्तो इन्टेलिजेन्स अफसरको कहानी हो, जो पाकिस्तानमा जासूसी गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*