Monday , 17 June 2019
News update
Home >> Features >> ‘ए मेरो हजुर ३’ ओपनिङ आक्रमक

‘ए मेरो हजुर ३’ ओपनिङ आक्रमक

 

चलचित्रकर्मीबीच नेपाली चलचित्रको व्यापार ओरालो लाग्न थालेको र दर्शक हराएको चर्चा भइरहँदा शुक्रवार प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर ३’ ले भने केही आशा देखिएको छ । पहिलो दिन बक्सअफिसमा चलचित्रले आक्रामक सुरुवात गरेको छ ।

करीब ६ महिनादेखि सुस्त रहेको चलचित्रको व्यापार केही हदसम्म भए पनि चलायमान बनाउन यो फिल्म सफल देखिएको छ । पहिलो दिन चलचित्रले बम्पर ओपनिङ गरेको वितरक मनोज राठी बताउँछन् । उनले चलचित्रको ‘फस्ट डेु अकुपेन्सी छक्का पञ्जा ३ु कै आसपास रहेको दाबी गरे । उनी भन्छन्, ‘फिल्मले नसोचेको ओपनिङ गरेको छ । सिंगल स्क्रिनसँगै मल्टीप्लेक्स कहीँ कतै बिहानदेखि दर्शकको उपस्थिति न्यून देखिएन । यो ‘छक्का पञ्जा ३’ पछिकै बम्पर ओपनिङ हो ।

मध्यमवर्गीय दर्शकको अत्याधिक चाप रहने राजधानीका गोपीकृष्ण, अष्टनारायण, गुण, गंगालगायतका हल बिहानैदेखि हाउसफुल रहेको वितरक राठीको भनाई छ । मल्टीप्लेक्स क्यूएफएक्स चेनमा मात्र फिल्मको अकुपेन्सी बिहानदेखि ८० प्रतिशतमाथि रहेको उनी बताउँछन् । राठी अगाडि भन्छन्, ‘राजधानीभित्र मात्र होइन मोफसलमा पनि फिल्म चलेको हल अधिकांश दर्शकले भरिभराउ भए । चलचित्रले पहिलो दिन देशभर ८०र८५ को आसपासमा ओपनिङ अकुपेन्सी कायम गरेको छ ।’

पहिलो दिन नै चलचित्रले आक्रामक सुरुवात गरेपछि मल्टीप्लेक्सहरुले आइतबारबाट सोजमा पनि वृद्धि गरेका छन् । सिंगल थिएटरहरु पनि बिस्तारै बढ्ने राठी बताउँछन् । उनले चलचित्रको पहिलो दिने कलेक्सन शनिबार दिउँसो थाहा हुने बताए ।

चलचित्र ुक्याप्टेनु ले अपेक्षाकृत ओपनिङ गर्न चुकेपछि धेरैले अभिनेता अनमोल केसीको स्टारडममाथि प्रश्न उठाएका थिए । ‘ए मेरो हजुर ३’ को बम्पर ओपनिङले उनको स्टारडममाथि शंका गर्नेलाई पनि गतिलै जवाफ फर्काएको छ । मध्यान्तरअघि दर्शकलाई हँसाउनकै खातिर राखिएको दोहोरो अर्थ जनाउने संवादका कारण भने चलचित्रको राम्रै आलोचना भइरहेको छ । यद्यपि, दर्शकको ठूलो वर्गलाई भने चलचित्र मनपरेको छ । चलचित्र हेर्ने अधिकांश दर्शकले डेब्यू गर्ल सुहाना थापाको तारिफ गरेका छन् ।

झरना थापा निर्देशित फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको फिल्ममा दिर्घ खड्काले सम्पादन गरेका छन् । सलोन बस्नेत, अर्पण थापा, सरोज खनाललगायतका कलाकारहरुको पनि यसमा अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*