Friday , 19 April 2019
News update
Home >> Features >> कलाकर्मीले रुचाए ‘यात्रा अ म्युजिकलभ्लग’

कलाकर्मीले रुचाए ‘यात्रा अ म्युजिकलभ्लग’

चलचित्र ‘यात्रा अ म्युजिकलभ्लग’ लाई विशेष शोमा रुचाइएको छ । डेब्यु फिल्ममार्फत नै दर्शकमामनमा बस्न सफल सलिनमान बनियाको काम अझै परिपक्क भएको प्रतिक्रिया चलचित्रकर्मीले दिएका छन् । चलचित्र हेर्नेहरुले सलिनको अभिनय र एक्सनको तारिफ गरेका छन् । चलचित्र हेर्न शिवश्रेष्ठ , दिनेश डिसी, दीपकराज गिरी , दीपाश्री निरौला , रेखाथापा , सिताराम कट्टेल , कुन्जना घिमिरे , रमेश उप्रेती , निर्माता माधव वाग्ले , निर्देशक दिवाकर भट्टराई , निर्देशक मिलन चाम्स , निर्देशक अपिल विष्ट सहित भद्रगोल टिम लगायतले चलचित्र हेर्दै तारिफ गरेका हुन् ।

सम्पूर्णले फिल्मले मनोरंजनसंगै युवालाई दायित्वबोध गराउने विषय रहेको भन्दै तारिफ गरे । आँखाको ज्योति गुमाएर पनि धेरैको प्रेरणा बनेकी सृष्टी केसील भनिन्, ‘हामीआत्मनिर्भर हुन्छौ र हामीले आफुलाई कसरि सबल बनाउछौ भन्ने प्रेरणा फिल्मले दिन्छ ।’
चलचित्रमा सलिनसंगै सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षाबज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंगकुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , देशभक्त खनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्मप्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने चलचित्रमा कलाकार केशव भट्टराई सँगै चिजकुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको चलचित्रमा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह( निर्माता रहेका छन् ।

सुशील पोखरेल निर्माता हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । चलचित्रको कथा सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिकअ पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । चलत्रिको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन् ।

चलचित्रमा प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको सँगै प्रतिक पौडेल र कोविदबज्रको संगीत रहेका ेछ । फिल्ममा श्रीधर पौडेलको फोटोग्राफी रहेको छ भने यसमा पब्लिसिटी डिजाइनरको भूमिका टौवा क्रिएसनले निर्वाह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*