Tuesday , 18 June 2019
News update
Home >> Features >> २० लाख पारिश्रमिकमा पूजाले साईन गरिन ‘पोई पर्यो काले’

२० लाख पारिश्रमिकमा पूजाले साईन गरिन ‘पोई पर्यो काले’

 

नयाँ बर्षको अवसर पारेर प्रदेश न ४ ‘ख’का प्रदेश सभा निर्वाचित सांसद राजीव गुरुङ “दीपक मनाङ्गे” ले चलचित्र’ पोई पर्यो काले ‘ चलचित्र निर्माण गर्ने भएका भएका छन् । चलचित्रलाई निर्देशक शिशिर राणाले निर्देशन गर्ने भएका छन् । चलचित्रको केही कलाकारलाई समेत अनुबन्धीत गराईएको छ ।

रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रका प्रस्तुतकर्ता श्याम बहादुर थापा रहने छन् भने, कार्यकारी निर्माताको रुपमा रघु परियार र किरण नेपाली छन् । चलचित्रमा पुजा शर्मा र नायक आकाश श्रेठ अनुब्धित भएका छन् । अन्य कलाकारहरु भने छनोट हुन् बाँकी रहेको चलचित्र निर्देशक राणाले बताए । यस चलचित्रमा नायिका पुजा शर्माले अहिले सम्मकै नेपाली चलचित्र को नायिकाहरुले लिने पारिश्रमिक भन्दा बढी लिने नायिकाको रुपमा नायिका पुजा शर्मा हुन् पुगेकी छिन् ।

उनले यो चलचित्र २० लाख पारिश्रमिक लिएकी छन् । यस्तै नायक आकाश श्रेठले पनि मंहगो पारिश्रमिक लिई १८ लाख लिई अनुब्धित भएका छन् । चलचित्रको कथा , पटकथा निर्देशक स्वयम राणाको, संगीत पुरुषोत्तम न्यौपाने र शिब गौतमको हेड अफ प्रोडक्सन सुरज आचार्य रहेका छन् । चलचित्र जेष्ठ दोश्रो सातादेखि छायाँकनमा जाने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*