Friday , 19 April 2019
News update
Home >> Features >> ‘वीरविक्रम २’को ‘वाचा’गीतमा पल शाह र वर्षा सिवाकोटीलाई  रोमान्टिक अवतारमा (भिडियो)

‘वीरविक्रम २’को ‘वाचा’गीतमा पल शाह र वर्षा सिवाकोटीलाई  रोमान्टिक अवतारमा (भिडियो)

मंगलबार राजधानीमा एक कार्यक्रमको बिच चलचित्र ‘वीरविक्रम २’को दोस्रो गीत सार्वजनिक गरिएको छ।‘वाचा’ बोलको गीत सार्वजनिकमा पल शाह र वर्षा सिवाकोटीलाई  रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।
गीतमा ताराप्रकाश लिम्बु र दीपा लामाको स्वर रहेको छ भने संगीत पनि गायक लिम्बुको रहेको छ । सञ्चारकर्मी नरेश भट्टराईको  शब्द रहेको गीतलाई कविराज गहतराजको  कोरियोग्राफीगरेका हुन्। गीतको भिडियो विदेशका सुन्दर लोकेसनहरुमा छायांकन गरिएको हो भने गीतलाई सुदीप बरालले छायांकन गरेका हुन्।
जेठ ३ मा आउने प्रदर्शनमा आउने ‘वीरविक्रम २’लाई मिलन चाम्सले  निर्देशन गरेका हुन्। चलचित्रमा पल र  वर्षा सगै नाजिर हुसेनबुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
https://www.youtube.com/watch?v=9XdDoNiAdbU
हिमाल केसीको द्वन्द्व रहेको चलचित्रको कथा प्रदीप भारद्धाजले लेखेका हुन् ।चलचित्रलाई मिलन चाम्स अपर्ण सापकोटाले निर्माण गरेका हुन्
भने रन्जित  सिवाकोटी सहनिर्माताको रुपमा रहेकी  छन् ।नयाँ कथामा निर्माण भएकाले ‘वीरविक्रम २’ सिक्वेल नभएको निर्माण टिमको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*