Thursday , 18 April 2019
News update
Home >> bollywood >> सलमान खानले ‘किक २’ मा ज्याक्लिन र दिशासग रोमान्स गर्ने

सलमान खानले ‘किक २’ मा ज्याक्लिन र दिशासग रोमान्स गर्ने

सलमान खान स्टारर फिल्म ‘किक’ को सिक्वेल निर्माण हुने घोषणा अघिल्लो वर्ष नै भएको थियो । यसको स्क्रिप्टको कारण फिल्मको काममा ढिलाई भइरहेको छ । यस्तो पनि चर्चा छ कि, यसको सिक्वेलमा दुई हिरोइनहरुलाई कास्ट गर्न सकिने छ । ‘किक’मा  ज्याक्लिन फर्नान्डेजले पहिलो पटक सलमान खानसँग काम गरेकी थिइन् ।

ज्याक्लीन फिल्मको सिक्वेलमा पनि काम गर्न सकिने बताइएको छ । ज्याक्लीनसँगै फिल्मका मेकर्स अर्की नायिका दिशा पटानीलाई पनि कास्ट गर्ने मन गरिरहेका छन् । फिल्मसँग जोडिएका एक स्रोतले जनाएअनुसार ज्याक्लीनको नाम सुरुबाट नै यस फिल्मको लागि पक्का भइसकेको थियो । तर ‘रेस २’ को असफलता पछि फिल्ममेकर्सले यसमा दिशालाई पनि कास्ट गर्ने निर्णय गरे ।

फिल्ममा दुवैजना एकसाथ देखिने सम्भावना रहेको छ । तर मेकर्सहरुले यसबारे औपचारिक घोषणा भने गरिसकेका छैनन् । सलमान पनि दिशालाई फिल्ममा कास्टिङ गर्ने पक्षमा छन् । यतिबेला सलमान ‘दबंग ३’ को सुटिङमा व्यस्त छन् । त्यसपछि उनी यस प्रोजेक्टसँग जोडिने बलिउड भास्करले जनाएको छ । फिल्मलाई सजिद नाडियाडवालाले निर्माण गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*