Sunday , 26 May 2019
News update
Home >> Features >>  गौरव पहारी र अनु शाहको चलचित्र ‘पसिना’को ट्रेलर सार्वजनिक (भिडियो)

 गौरव पहारी र अनु शाहको चलचित्र ‘पसिना’को ट्रेलर सार्वजनिक (भिडियो)

चलचित्र ‘पसिना’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा मजदुरको संघर्ष कथा प्रस्तसत गरेको अनुमान लगाउन सकिन्छ । केही दिन अगाडि नयाँ बर्षको अवसर पारेर फष्टलुक सार्वजनिक गरेको थियो ।

आर. बि खत्री ‘शरद’ निर्देशित चलचित्र ‘पसिना’मा  गौरव पहारी, अनु शाह,सरोज खनाल, सरोज अर्याल, रवि गिरी, धुर्ब कोइराला, शारदा गिरी, सुरजनी केसी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत,नबिन निरौलाको सम्पादन,शिब बिक र राजीब समरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ ।‘गरौ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा बोकेको फिल्मले पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश चलचित्रले दिने निर्देशकले बताए ।

बैशाख २७ गते बाट प्रदर्शनमा आउने चलचित्रका कार्यकारी निर्माता संजय महतो रहेका छन् । आर.बी. खत्री ‘शरद’ को कथा रहेको ‘पसिना’ को निर्माता शान्ता ढकाल हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*