Sunday , 26 May 2019
News update
Home >> Features >> ‘यात्रा’को ’फ्लाइङ्ग’ गीतमा सलिनमान बनिया र मलिका महत रोमान्टिक अवतारमा (भिडियो)

‘यात्रा’को ’फ्लाइङ्ग’ गीतमा सलिनमान बनिया र मलिका महत रोमान्टिक अवतारमा (भिडियो)

चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्रा स् अ म्युजिकल भ्लग’ को लभ गीत सार्वजनिक भएको छ । सार्वजनिक ’फ्लाइङ्ग’ बोलको गीतमा डेब्यु गर्ल मलिका महतसँग सलिनमान बनिया रोमान्टिक अवतारमा देखिएका छन् ।

गीतलाई पोखराको रमणीय स्थलमा छायाँकन गरिएको छ भने यसमा प्रविन सिंहको कोरियोग्राफी रहेको छ । गीतमा सुगम पोखरेल र मेलिना राईको स्वर रहेको छ भने यसमा शब्द र संगीत प्रतिक पौडेलको रहेको छ । गीतलाई निर्माण पक्षले फिल्म रिलिजपछि सार्वजनिक गरेको हो । ’हामीले प्लनिङ्ग अनुसार नै यसलाई रिलिजपछि सार्वजनिक गरेका हौ’ निर्देशक सम्राट शाक्य भन्छन् ’फिल्मले प्राप्त गरेको प्रतिक्रियाले निकै उत्साहित छौ ।

फिल्ममा सलिनसंगै सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , देशभक्त खनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह( निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन् । फिल्ममा प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन  रहेकोछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*