Sunday , 26 May 2019
News update
Home >> bollywood >> सन्नी लियोनीले आफ्नो पोर्न भिडियो हटाउन चाहन्छिन्

सन्नी लियोनीले आफ्नो पोर्न भिडियो हटाउन चाहन्छिन्

पुर्व पोनस्टार एवम् बलिउडकी अभिनेत्री सन्नी लियोनीको छुट्टै पहिचान बनिसकेको छ । सन्नी अहिले भारतमा जमेकी पनि छिन् । बलिउडमा उनलाई विशेषगरि आइटम नृत्यमा बढी अवसर मिल्ने गरेको छ ।
तर, नायिका सन्नी लियोनी यो कुराले मात्र खुशी छैनन् । उनी आफ्नो जिन्दगीको एउटा यस्तो कुरा हटाउन चाहन्छिन् जुन कुराले उनलाई लामो समयदेखि पोलिरहेको छ । सन्नीले भारतीय मिडियासँग कुराकानी गर्दै भनेकी छिन्, ‘म जिन्दगीमा आफूले बनाएका केही खराब चलचित्र हटाउन चाहन्छु । विगतमा मैले बनाएका वा खेलेका खराब चलचित्रले अहिले पनि मलाई तनाव दिन्छ । म यसमा केही मिठा पलहरु राख्न चाहन्छु ।’

सबैलाई थाहा नै छ, सन्नीले आफ्नो करिअरको सुरुवात पोर्न दुनियाँबाट गरेकी हुन् । तर, बलिउडमा प्रवेश गरेपछि उनले यो दुनियाँ छाडिसकेकी छिन् । सन्नीले सायद हटाउन चाहन्छु भनेर पोर्न चलचित्रलाई भन्ने खोजेको बुझ्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*