Saturday , 25 May 2019
News update
Home >> Features >> आशिफ शाह र रेश्मा घिमिरेको ‘हेरन कान्छी’ सार्वजनिक (भिडियो)

आशिफ शाह र रेश्मा घिमिरेको ‘हेरन कान्छी’ सार्वजनिक (भिडियो)

गायिका मेलिना राई र राज खम्बुको आवाज रहेको गीत ‘हेरन कान्छी’ बोलको गीतको भिडियोसार्वजनिक भएको छ । दिपक शर्माको संगीत रहेको गीतलाई दिनेश सुबेदिले लेखेका हुन् ।

इन्स्टाको फोटोु गीतबाट दर्शकले औधी रुचाएका आशिफ शाह र रेश्मा घिमिरेलाई गीतमा फिचर गरिएको छ । गीतको भिडियोलाई राजिव समर र शिशिर खातीले कोरियोग्राफी गरेका हुन् भने गीतलाई शान थापाले निर्देशन गरेका हुन् ।

कमेडी र रोमान्सलाई मिसाएर बनाइएको गीतको भिडियोले दुइ प्रेमीले जवानीको लहर, प्रेम र बाचा कसमलाई देखाएको छ । जवानीमा चिटिक्क पर्ने र आफुले मन पराएको मान्छेको नजिक जाने रहरलाई साङ्गीतिक रुप दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*