Sunday , 26 May 2019
News update
Home >> Features >> प्रदिप खड्कासँग ‘प्रेमगीत ३’ खेल्न युवतीको चर्को प्रतिष्पर्धा ,आसुसेन फिल्मसको वेबसाइट सर्भर डाउन

प्रदिप खड्कासँग ‘प्रेमगीत ३’ खेल्न युवतीको चर्को प्रतिष्पर्धा ,आसुसेन फिल्मसको वेबसाइट सर्भर डाउन

सुपरहिट फिल्म सिरिज ‘प्रेमगीत ३’खेल्न युवतीको चर्को प्रतिष्पर्धा देखिएको छ । आउँदो चैत २८ को रिलिज डेट तोकेर निर्माण हुन लागेको ‘प्रेमगीत ३’मा नयाँ नायिकाको खोजी भइरहेको छ ।

निर्माता सन्तोष सेनले केही दिनअघि ‘प्रेमगीत ३’ निर्माणको घोषणा गर्दै फिल्ममा नयाँ नायिकाका लागि आवेदन खोलिएको बताएका थिए । नायक प्रदिप खड्कासँग ‘स्क्रीन शेयर’ गर्ने युवतीले आसुसेन फिल्मसको वेबसाइट aasusenfilm.com मा आवेदन पठाउनुपर्ने पनि उनले बताएका थिए ।

तर नयाँ नायिकाका लागि आवेदन मागिएको तीन दिनमै आसुसेन फिल्मसको वेबसाइट सर्भर डाउन भएको निर्माता सेनले बताएका छन् । मंगलबार फेसबुकमा स्टाट्स पोष्ट गर्दै सेनले नयाँ नायिकाका लागि इमेलमा आवेदन दिन पनि आग्रह गरेका छन ।प्रेमगीतमा प्रदीप खड्का र पूजा शर्माले अभिनय गरेका थिए । प्रेमगीत २ मा भने प्रदीपसँग अश्लेषा ठकुरीले रोमान्स गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*