Sunday , 26 May 2019
News update
Home >> Features >> हलिउड चलचित्र ‘अवतार २’२०२१ को डिसेम्बरमा रिलिज हुने

हलिउड चलचित्र ‘अवतार २’२०२१ को डिसेम्बरमा रिलिज हुने

जेम्स क्यामरुनद्वारा निर्देशित बलकबल्स्टर हलिउड चलचित्र  ‘अवतार’को सिक्वेल ‘अवतार २’को प्रदर्शन मिति घोषणा गरिएको छ । सन् २०२० को डिसेम्बरमा रिलिज हुने भनिएको चलचित्र सन् २०२१ को डिसेम्बरमा सरेको छ ।

यसैगरी अवतार ३ सन् २०२३ को डिसेम्बर, अवतार ४ सन् २०२५ को डिसेम्बरमा र अवतार ५ सन् २०२७ को डिसेम्बरमा रिलिज हुने आशा गरिएको छ । डिज्ने र फक्स मर्ज हुँदाको शिकार अवतार भएको हो । विश्व प्रतीक्षित सिनेमा अवतारकै सिक्वेल रिलिजमा ढिलाइ भइरहँदा डिज्नेसँग यस्ता कति सिनेमाको सिक्वेल पाइपलाइनमा छन् त भन्ने चासो सुरु भएको हलिउड मिडियाले जनाएका छन् ।

सन २००९ मा रिलिज भएको बलकबल्स्टर हलिउड सिनेमा ‘अवतार’ बक्स अफिसमाअहिले सम्मकै सबै भन्दा बढी कमाई गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*