Saturday , 25 May 2019
News update
Home >> Features >> मिस नेपाल वर्ल्ड २०१९ को उपाधि अनुष्का श्रेष्ठलाई

मिस नेपाल वर्ल्ड २०१९ को उपाधि अनुष्का श्रेष्ठलाई

अनुश्का श्रेष्ठले मिस नेपाल २०१९ को उपाधि जितेकी छन् । बिहीबार भएको फाइनलमा २४ प्रतिस्पर्धीलाई पाखा लगाउँदैअनुश्काले मिस नेपालको ताज पहिरिन् ।

अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीबाट स्नातक गरेकी २३ वर्षीया अनुश्का कमनवेल्थ बैंक अफ अष्ट्रेलिया कार्यरत थिइन् । मिस नेपाल ओसिआनिया जितेर मिस नेपालमा आएपछि उनले जागिर छाडेकी थिइन् ।

प्रदिप्ता अधिकारी मिस नेपाल युनिभर्स र रिया बस्नेत मिस नेपाल अर्थ बनिन् । यस्तै मिरा कक्षपतिले मिस नेपाल इन्टरनेशनल ररोज लामाले सुपर नेशनलको उपाधि जितेकी छन् ।यो बर्षको ‘मिस नेपाल’मा सहभागी २५ जनाबाट सेमिफाइनलमा १४ जना र फाइनलमा ७ जनाले प्रतिस्पर्धा गरेका थिए । अन्तिम ७ मा अनुष्का श्रेष्ठ, रक्षा उप्रेती, रोज लामा, प्रदिप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत र मिरा कक्षपति पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*