Sunday , 26 May 2019
News update
Home >> bollywood >> टाइगर सराफको ‘स्टुडेन्ट अफ द इयर-२’को पहिलो दिन औसत कलेक्सन

टाइगर सराफको ‘स्टुडेन्ट अफ द इयर-२’को पहिलो दिन औसत कलेक्सन

बलिवुडमा यस बर्षको प्रतिक्षित मध्येको एक फिल्म स्टुडेन्ट अफ द इयर-२ ले रिलिजको पहिलो दिन औसत कलेक्सन गरेको छ ।बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले पहिलो दिन १२ करोड ६ लाख कलेक्सन गरेको जानकारी दिएका छन् ।

यस बर्ष रिलिज भएका फिल्म मध्ये स्टुडेन्ट अफ द इयर-२ पहिलो दिन धेरै कलेक्सन गर्ने फिल्मको सुचिमा पाचौ स्थानमा रहेको छ । यस बर्ष रिलिज भएका फिल्म कलंकले २१ करोड ६० लाख, केशरीले २१ करोड ६ लाख, गली ब्वायले १९ करोड ४० लाख, टोटल धमालले १६ करोड ५० लाख कलेक्सन गरेका थिए ।

त्यस्तै अभिनेता टाइगर सराफका फिल्म मध्ये भने स्टुडेन्ट अफ द इयर-२ पहिलो दिन दोस्रो धेरै कलेक्सन गर्ने फिल्म बनेको छ । सन् २०१८ मा रिलिज भएको फिल्म बागी-२ ले रिलिजको पहिलो दिन २५ करोड १० लाख कलेक्सन गरेको थियो । त्यस्तै सन् २०१६ मा रिलिज भएको बागीले पहिलो दिन ११ करोड ९४ लाख कलेक्सन गरेको थियो ।

यस फिल्मबाट तारा सुतारिया र अनन्या पाण्डेले बलिवुडमा डेभ्यु गरेका छन् । तारा र अनन्यासहित टाइगर सराफको प्रमुख भूमिका रहेको यो फिल्म सन् २०१२ मा रिलिज भएको स्टुडेन्ट अफ द इयरको सिक्वेल हो । सो फिल्मबाट बलिवुडमा डेभ्यु गरेका बरुण धवन, आलिया भट्ट र सिद्धार्थ मल्होत्रा अहिले बलिवुडका टप कलाकार बनेका छन् ।पुनित मलहोत्राले निर्देशन गरेको यो फिल्मलाई करण जोहरले निर्माण गरेका हुन् । फिल्मलाई समिक्षकहरुले औसत फिल्मको संज्ञा दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*