Sunday , 26 May 2019
News update
Home >> Features >> अनमोल केसीकी नायिका उपासना ‘कबड्डी कबड्डी कबड्डी’मा ,चलचित्रको आधिकारिक घोषणा

अनमोल केसीकी नायिका उपासना ‘कबड्डी कबड्डी कबड्डी’मा ,चलचित्रको आधिकारिक घोषणा

सुपरहिट चलचित्र ‘कबड्डी’को तेस्रो भाग ‘कबड्डी कबड्डी कबड्डी’को आधिकारिक घोषणा गरिएको छ ।सोमबार राजधानीमा एक कार्यक्रमको बिच चलचित्रको कलाकार सहित ‘कबड्डी कबड्डी कबड्डी’निर्माणको घोषणा गरिएको हो ।चलचित्रको सोमबार विहानै चलचित्रको शुभमुहुर्त पनि भएको छ ।

स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्द रहने चलचित्रमा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, कर्मा शाक्य, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन बिक्रम राई, बुद्दि तामाङ, लुनिभा तुलाधर, विजय बराल फाइनल भएका छन् ।

रामबाबु गुरुङकै निर्देशनमा बन्ने चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ यसै वर्षको तिहार अघि नै प्रदर्शनमा आउने छ । चलचित्रको छायांकन जेठ पहिलो हप्ताबाट सुरु गरिने छ ।

बासुरी फिल्मसको निर्माण र सिनेमा आर्टको प्रस्तुति रहने चलचित्रमा माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले सहकार्य गरेका छन् । मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियार सिनेमाका निर्माता हुन् ।

चलचित्रमा शैलेन्द्र ध्वज कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादनर रोहित शाक्यको पार्श्वसंगीत रहनेछ । चलचित्रमा रामबाबु र उपेन्द्र सुब्बाको लेखन रहेको छ।चलचित्रको छायांकन पोखरा, मुस्ताङ र अन्नपूर्ण आधार शिविर वरपर गर्ने तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*