Sunday , 26 May 2019
News update
Home >> Features >> सुशिल श्रेष्ठ र रुविना थापाको ‘लभ डायरिज’को पोस्टर सार्वजनिक, असोज ३ गते रिलिज हुने

सुशिल श्रेष्ठ र रुविना थापाको ‘लभ डायरिज’को पोस्टर सार्वजनिक, असोज ३ गते रिलिज हुने

नायक सुशिल श्रेष्ठ र नव–नायिका रुविना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘लभ डायरिज’को फर्स्टलूक पोस्टर र प्रदर्शन मिति घोषणा गरिएको छ । । सार्वजनिक पोस्टरमा अभिनेत्री रुबीना थापासँग सुशील रोमान्टिक देखिएका छन् ।

चलचित्र ‘लभ डायरिज’असोज ३ गते रिलिज हुने भएको छ ।युवायुवती बीचको माया प्रेम र कमेडी धारमा चलचित्र निर्माण भएको ‘लभ डायरिज’लाई सौरभ चौधरीले निर्देशन गरेका हुन् ।

चलचित्रमा सुशिल र रुविनाको अलवा विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीे लगायतको अभिनय रहेको छ ।‘लभ डायरीज’को छायाँकनमा संजय लामा, कोरियोग्राफीमा कविराज गहतराज र चार गीत समावेश संगीतमा अर्जुन पोखरेल रहेका छन् ।


चलचित्रमा साहिल खान एसोसियट निर्देशकको रुपमा छन् । साहिल र मिलन श्रेष्ठले चलचित्रमा सम्पादनको जिम्मा सम्हालेका छन् । चलचित्रमा विनोद सापकोटाको लगानी रहेको छ ।

विनोद सापकोटाले निर्माण गरेको सिनेमामा सरोज तुलाधरले साझेदारी गरेका छन् । सिनेमामा साहिल खानले एसोसियट निर्देशकको रुपमा पहिलो पटक काम गरेका छन् । सिनेमाको सम्पादन समेत साहिल खान हुन्, जहाँ मिलन श्रेष्ठले पनि सहकार्य गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*