Sunday , 26 May 2019
News update
Home >> Features >> चलचित्र ‘अप्पन’ सेनाद्वारा आयोजित लघु चलचित्र प्रतियोगितामा उत्कृष्ट चलचित्र घोषित

चलचित्र ‘अप्पन’ सेनाद्वारा आयोजित लघु चलचित्र प्रतियोगितामा उत्कृष्ट चलचित्र घोषित

नेपाली सेनाद्वारा आयोजित २०७५ को लघु चलचित्र प्रतियोगितामा ‘अप्पन’ चलचित्र उत्कृष्ट घोषित भएको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डास्थित सभामण्डपमा मंगलबार साँझ आयोजित समारोहमा उक्त चलचित्रका निर्माता कृष्णकुमार महतोलाई नगद दुई लाखसहित प्रशंसापत्र प्रदान गरे।

प्रतियोगितामा गगनकुमार श्रेष्ठको ‘चाहना’ र प्रद्युम्न मिश्रको ‘हातेमालो’ चलचित्र क्रमशः दोस्रो र तेस्रो घोषित भए। दोस्रो हुने चलचित्रलाई एक लाख ५० हजार तथा तेस्रो हुने चलचित्रलाई एक लाख नगद र प्रशंसापत्र प्रदान गरियो। समारोहमा नेपाली सेनाद्वारा प्रकाशित सिपाही वार्षिक र द शिवपुरी जर्नलका उत्कृष्ट तीन लेखलाई पुरस्कृत गरियो। महासेनानी रञ्जीत थापा, प्रमुख सेनानी शिवराज पन्त र चिरञ्जीवी भण्डारीका लेख उत्कृष्ट घोषित भए। उत्कृष्ट घोषित लेखका सर्जकलाई क्रमशः ५० हजार, ३५ हजार र २५ हजार नगद पुरस्कार र कदरपत्र प्रदान गरियो।


सोही समारोहमा प्रधानसेनापति थापाले नेपाली सेनासम्बन्धी विभिन्न जानकारीमूलक मोबाइल एपकोसमेत शुभारम्भ गर। कार्यक्रममा बलाधिकृत रथी शरदकुमार गिरीले सैनिक रेडियो कार्यक्रम प्रशारण गर्ने छ वटा रेडियो तथा एफएम स्टेशनलाई कदरपत्र प्रदान गरे। ‘नेपाली सेनासम्बन्धी बृहत् प्रदर्शनी २०७५’ मा हुने टुमु कोतखाना डिपो, द्वितीय हुने प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालय र तृतीय हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय लगायतलाई पनि समारोहमा प्रशंसापत्र प्रदान गरियो।

प्रत्येक वर्ष नेपाली सेनाले लघु चलचित्र प्रतियोगिता आयोजना गरी उत्कृष्ट लघु चलचित्रलाई पुरस्कृत गर्दै आएको छ। यस्ता प्रतियोगिताले राष्ट्रप्रति जिम्मेवार र कर्तव्यनिष्ठ रही सन्देशमूलक लघु चलचित्र उत्पादनमा उल्लेखनीय भूमिका खेल्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रतियोगितामा ११ चलचित्र सहभागी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*