Sunday , 26 May 2019
News update
Home >> bollywood >> बलिउड अभिनेत्री अनुष्का शर्माले आवश्यकता पूरा गर्नका लागि मात्र चलचित्रमा सम्झौता नगर्ने

बलिउड अभिनेत्री अनुष्का शर्माले आवश्यकता पूरा गर्नका लागि मात्र चलचित्रमा सम्झौता नगर्ने

बलिउड अभिनेत्री अनुष्का शर्माले आवश्यकता पूरा गर्नका लागि मात्र चलचित्रमा सम्झौता नगर्ने बताएकी छिन् । ‘म त्यो स्थानमा पुगिसकेकी छु, जहाँ केवल आवश्यकता पूरा गर्नका लागि मात्रै फिल्महरु साइन गर्न चाहँदिन,’ उनले भनिन् ।

सन् २०१८ मा ‘परी’, ‘सुई धागा’ र ‘जिरो’ लगायत तीन वटा चलचित्रमा मुख्य अभिनेत्रीको रुपमा काम गरिसकेकी अभिनेत्री अनुष्काले पछिल्लो तीन वर्ष आफ्ना लागि निकै व्यस्त भैरहेको बताएकी छिन् । मिडियासँगको अन्तरक्रियामा उनले यो अवधिमा कैयौ राम्रा चलचित्रहरु समेत छोड्नु परेको बताएकी छिन् ।

अनुष्काले भनेकी छिन्, ‘पछिल्लो तीन वर्षदेखि म फेशनमा पनि काम गरिहेकी छु र म निकै नै व्यस्त छु । मलाई जति पनि भूमिकाहरु मिलिरहेका थिए ती सबै निकै डिमाण्डिङ थिए । एक वर्ष मै ‘परी’, ‘सुई धागा’ र ‘जिरो’ जस्ता चलचित्रमा अभिनय गर्नु सजिलो काम थिएन । सबै भूमिका फक फरक थिए जसका लागि निकै नै तयारी गर्नु आवश्यक थियो । अहिले म त्यो स्थानमा छु, जहाँ बसेर म मेरो आवश्यकता पूरा गर्नका लागि मात्रै चलचित्रहरु साइन गर्न सक्दिनँ ।’

अनुष्काले सन् २०१८ मा चलचित्र ‘सञ्जु’ मा पनि विशेष भूमिका निर्वाह गरेकी थिइन् । अनुष्काले सन् २०१७ मा ‘एनएच १०’ जस्तो हिट फिल्म निर्माण गरेकी थिइन् । साथै उनी आफ्नो हाउस प्रोडक्शन ‘क्लीन स्लेट फिल्म्स’ बाट कैयाैं विषयमा काम गरिरहेकी छिन् । उनले भनिन्, ‘हामी डिजिटल प्लेटफर्मका लागि केही शोहरु निर्माण गरिरहेका छौं ।

एउटा फिल्ममा पनि काम चलिरहेको छ । यी कामको लागि पनि मैले समय दिनु जरुरी छ । मानिसहलाई त्यो कामका बारेमा केही थाहा हुँदैन होला, जुन काम म पर्दा पछाडि गरिरहेकी हुन्छु ।’

अनुष्का शर्मा बलिउडकी स्थापित अभिनेत्री मात्रै नभई एक फेशन डिजाइनर र फिल्म निर्माता पनि हुन् । उनका अनुसार, कलाकारका लागि एकै समयमा दुई किसिमका भूमिकाको लागि समय दिनु जरुरी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*