Sunday , 26 May 2019
News update
Home >> Features >> असोज ३ मा आउने भयो चलचित्र ’सरौतो’

असोज ३ मा आउने भयो चलचित्र ’सरौतो’

चलचित्र ’सरौतो’ को रिलिज मिति तय गरिएको छ। सिनेम्याटोग्राफर हरी हुमागाईले निर्देशन रहेको चलचित्र ’सरौतो’ आउँदो असोज ३ गते रिलिज हुने भएको छ ।

रिभेन्जको कथामा निर्माण भएको एक्सन जनरको निर्माण गरिएको यस चलचित्रको ’प्राविधिकको समय र वितरकसँगको छलफलपछी हामीले रिलिज मिति तय गरेका हौ’ निर्देशक हुमागाईंले भने ’फिल्मलाई राम्रो बनाउने कोसिस गरेका छौ , लेखिएको कुरा पर्दामा उतार्न सफल भएको महसुस भएको छ ।’

विरान्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा कार्यकारी निर्माताको रुपमा सिर्जना जोशी र लक्ष्मी कुमारी तामाङ रहेका छन् ।

चलचित्रमा सुमी मोक्तान , सन्नी सिंह , विजय लामा , युवराज लामा , धिरेन शाक्य , आमिर गौतम , अरुणा कार्की , पराकर्म पीजेबी राणा , सम्पदा दाहाल , सुवाङ्गम शाह , लियो ट्यांक , मैषा पुन मगर , प्रतिक दुलाल , मनोज तामांग लगायतको अभिनय रहेको छ ।

यस चलचित्रमा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , शंकर महर्जनको एक्सन रहेकोछ । यसमा राजन राज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्री , कोसिस क्षेत्रीको संगीत रेहेको छ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , श्रेया सोतांग र केतन क्षेत्रीको स्वर रहेकोछ । यसमा निमेष श्रेष्ठको सम्पादन , निलिशा शाक्यको नृत्य निर्देशन , प्रविन मानन्धरको कलर , भिएफएक्स रहेको छ भने यसको चिफएडी अनिल खड्का हुन् । काठमाडौँ , सिम्रौनगठ लगायतका स्थानमा छायांकन गरिएको फिल्मलाई उपत्यकामा गोपाल काजि कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*