Sunday , 26 May 2019
News update
Home >> Features >> गायक तथा मोडल रोशन अधिकारी र नायिका प्रियंका कार्कीको रोमान्स (भिडियो)

गायक तथा मोडल रोशन अधिकारी र नायिका प्रियंका कार्कीको रोमान्स (भिडियो)

चर्चित  अन्जु पन्त र रोशन अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक  गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै भिडियो सार्वजनिक  गरिएको हो।

‘झ्यालको पर्दा’ अर्जुन पोखरेलको संगीत रहेको गीतमा लोकराज अधिकारीको शब्द रहेको छ । भिडियो सार्वजनिक  कार्यक्रममा गायक तथा मोडल रोशन अधिकारी,संगीतकार अर्जुन पोखरेल,रचनाकार लोकराज अधिकारी उपस्थित थिए । कार्य व्यस्तताले प्रियंका कार्की अनुपस्थित रहिन् ।गीतमा मोहित मुनालको संगीत संयोजन रहेको छ ।

शिब बिकले निर्देशन गरेको भिडियोलाइ रामेश्वर कार्कीले छायांकन तथा सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । प्रियंका कार्की र गायक स्वयम् अधिकारी फिचर्ड गीतको भिडियो उत्कृस्ट बनेको छ । रोशन अधिकारी १२ बर्ष देखि अमेरिका बस्दै आएका छन् । २०१५ मा हिमालयन सिङ्गिङ्ग आइडलको बिजेता बनेका उनि संगीतमा पहिले देखि नै रुचि राख्दथे । उनको पारिवारिक बाताबरण पनि सांगीतिक नै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*