Sunday , 26 May 2019
News update
Home >> Features >> चलचित्र ‘घर’को फस्टलुक्स पोस्टर सार्वजनिक , श्रावण ३ मा प्रदर्शन हुने

चलचित्र ‘घर’को फस्टलुक्स पोस्टर सार्वजनिक , श्रावण ३ मा प्रदर्शन हुने

चलचित्र ‘घर’को फस्टलुक्स पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति समेत तय गरिएको छ । चलचित्र ‘घर’ यहि श्रावण ३ गते प्रदर्शनमा आउने भएको छ । शुक्रबार चलचित्रकी निर्मात्री शर्मिला पाण्डेले चलचित्रको फस्टलुक्स सगै रिलिज मिति घोषणा गरेकी हुन् ।

‘घर’लाई अर्पण थापाले निर्देशन गरेका हुन् । चलचित्रको कथा पनि निर्देशक स्वयम्ले लेखेका छन् ।चलचित्रमा अर्पण थापा ,वेनिशा हमाल, सुरक्षा पन्त र कलाकार अस्मिता खनालको मुख्य भूमिका रहनेछ ।

पूर्णतया हरर कथामा निर्माण हुने चलचित्र ‘घर’लाई ई डीएस डिजिटलको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । चलचित्रमा सन्तोष अधिकारीको सह–लगानी रहनेछ । एउटा ‘घर’ भित्र हुने घटनालाई चलचित्रले सस्पेन्स पारामा प्रस्तुत गर्नेछ ।

डी.एस. डिजिटल ब्यानर निर्देशक दीपेन्द्र के खनाल र नायक सुरज पाण्डेको हो ।यो ब्यानरल वार्षिक चार वटा चलचित्र निर्माण गर्ने घोषणा गरेको छ । डी.एस. डिजिटल ब्यानरको ‘घर’ पहिलो चलचित्र हो भने अर्को चलचित्र ” आमा “छायांकनको तयारीमा रहेको छ । सुरज ‘लब लब लब’का नायक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*