Tuesday , 18 June 2019
News update
Home >> Features >> ‘जात्रै जात्रा’ युनिट चितवनमा, चलचित्र निर्माणमा रिस्क लिन पछि नपर्ने निर्देशक :भट्टराई

‘जात्रै जात्रा’ युनिट चितवनमा, चलचित्र निर्माणमा रिस्क लिन पछि नपर्ने निर्देशक :भट्टराई

जेठ ३ गते शुक्रबार बाट प्रदर्शनमा आएको चलचित्र ‘जात्रै जात्रा’ले राम्रै व्यवसायिक सफलता प्राप्त गरेको छ । व्यवसायिक रुपमा सफल मानिएको चलचित्रले दर्शकहरुको मन समेत जितेको छ ।चलचित्र रिलिजको द्रोश्रो हप्ता मोफसलको यात्रामा रहेको चलचित्र युनिट आईतबार चलचित्रको बारेमा दर्शकहरुको प्रतिकृया बुझ्दै हिँडेको निर्माण टोली चितवन आइपुगेको छ । चितवन आएको टोलीले दर्शकको प्रतिकृयासँग आइतबार सञ्चारकर्मीहरुसँग अन्तरक्रिया समेत गरेको छ ।

अन्तरक्रियाका क्रममा चलचित्रका कार्यकारी निर्माता एवम् कलाकार रवीन्द्रसिंह बानियाले दशौँ दिनसम्म आइपुग्दा समेत दर्शकहरुको उत्साहले आफू हौसिएको प्रतिकृया दिए ।‘हामी दर्शकहरुसँग खुसी साटासाट गर्न आएका हौँ’ बानियाले भने, –‘धेरै दर्शकहरुले चलचित्र राम्रो बनेको प्रतिकृया दिँदा हामी हौसिएका छौँ, आगामी दिनमा थप सशक्त चलचित्र निर्माणमा हामीलाई उत्प्रेरणा जगाएको छ ।चलचित्र हेर्ने बेलासम्म दर्शकहरुको हाँसोको फोहोराका साथै एकाग्र भएर चलचित्रमा नै ध्यान केन्द्रित भएको आफूहरुले पाएको बानियाको भनाइ छ ।चलचित्रले १० दिनमा ६ करोडको व्यापार गरेको पनि रवीन्द्रसिंह बानियाले दाबी गरे ।

राम्रो चलचित्र बनाउका लागि विषयवस्तुमा इमान्दारीता अपनाउनुपर्ने उल्लेख गर्दै चलत्रिका निर्देशक प्रदीप भट्टराईले आगामी दिनमा ओझिलो चलचित्र निर्माणमा प्रेरित भएको बताए । समाजका व्यथिति, विसंगतीको कथावस्तुलाई लिएर कमेडी जोड्दै चलचित्र निर्माण गर्न समेत रिस्क लिन पछि नपर्ने भट्टराईले बताए । राम्रो चलचित्र बनेर मात्रै नहुने भन्दै आफूहरु प्रचारप्रसारसँग दर्शकहरुको प्रतिकृया लिनका लागि देश दौडाहामा जुटेको भट्टराईको भनाइ छ ।

‘टिम राम्रो भएपछि चलचित्र राम्रो बन्छ’ भट्टराईले भने, –‘फिल्म रमाइलो युद्ध हो, युद्ध त्यो बेला तिजिन्छ जुन बेला शक्तिशाली सेनाको सेनापति हुन पाइन्छ ।’ चलचित्रमा सबैको लगाव रहन सकेको खण्डमा मात्रै राम्रो कन्टेन्ट प्रदान गर्न सकिने भट्टराईले बताए । कार्यकारी निर्माता रवीन्द्रसिंह बानिया, बाल कलाकार अरविन खड्का, निर्देशक प्रदीप भट्टराईसहितको टोली चितवन आएको हो ।

प्रदिप भट्टराईले निर्देशन गरेको सिनेमामा विपिन कार्की, दयाहाङ राई, वर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल लगायत कालाकारको अभिनय रहेको छ ।चलचित्र करीब २ वर्ष अगाडि प्रदर्शनमा आएको ‘जात्रा’ को सिक्वेल हो । पहिलो भागमा भेटाएको पैसा लुकाउन पात्रहरुले गर्ने संघर्षको कथा थियो । ‘जात्रै जात्रा’ मा भेटाएको सुन लुकाउन र धनी बन्ने लोभमा फिल्मका प्रमुख पात्रहरु देखिएका छन् ।

चलचित्रको छायाँकनमा शिवराम श्रेष्ठ, सम्पादनमा मित्र डी गुरुङ रहको छ भने शंकर महर्जनको द्वन्द्व निर्देशन छ । निर्देशक भट्टराई आफैंको कथा रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत छ ।सिंगे लामा र योगेश्वर पौडेलले निर्माण गरेको यस चलचित्रमा रविन्द्रसिंह बानिया कार्यकारी निर्माता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*