Tuesday , 18 June 2019
News update
Home >> Features >> हिमाल सागरको ‘ए माया ‘मा पल शाह र  वर्षा राउतको गज्जबको जोडी (भिडियो)

हिमाल सागरको ‘ए माया ‘मा पल शाह र  वर्षा राउतको गज्जबको जोडी (भिडियो)

गायक हिमाल सागरको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘ए माया ‘बोलको सार्वजनिक गीतमा चर्चित अर्जुन पोखरेलले संगीत दिएका छन्।दीपक प्रसाद ओलीको शब्द रहेको गीतमा संगीत संयोजन पनि संगीतकार पोखरेलको नै रहेको छ ।

गीतको भिडियोमा नायक पल शाह र  नायिका वर्षा राउतको  अभिनय रहेको छ।वैँशालु उमेरमा युवायुतीमा हुने माया प्रेम र रोमान्सपछि जोडी बाँध्ने कुरालाई मुख्य विषय बस्तु बनाइएको गीतको भिडियोमा वर्षा र पल गज्जबसाग खुलेका छन् ।

आईतबार द डिभाइन म्यूजिकको युट्युव मार्फत सार्वजनिक गरिएको ‘ए माया ‘लाई २ लाख ५५ हजार भन्दा बढी पटक हेरिएको छ ।११ हजार भन्दा बढी लाईक मिलेको यस गीतमा ७ सय बढी कमेन्ट आएको छ।गीतको कम्नेट गीतलाई सबैले मन पराएको प्रतिक्रिया दिनुको साथै पल शाह र  वर्षा राउत मिलेको बताएका छन्।

गीतको भिडियो लाई चर्चित म्यूजिक भिडियोलाई निर्देशक  निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा बुद्ध थापाको छायांकन तथा विकाश धमलाको सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*